काठमाडौं,२३ असोज संगीतकारका रुपमा परिचित बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ।
काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो।संगीत रोयल्टी संकलन समाजका अध्यक्ष,बरिष्ट संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार बसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाएका थिए।
अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर छन्।कार्यक्रममा सुधीरले आफ्ना बिगतका भिडियो झै ‘राधा पियारी’ पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे।त्यसैगरी, गरिमाले गीतको शब्द,स्वर,संगीत मात्रै नभइ भिडियो पनि उत्कृष्ट बनेकाले दर्शकको प्रतिक्रिया लिन आफू निकै आतुर रहेको बताइन्।‘यो गीतको हिस्सा बन्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ गरिमाले भनिन्, ‘मैले आफूले सक्दो मिहीनेत गरेको छु।दर्शकले मन पराउनेमा आशावादी छु।’ यसअघि पनि थुप्रै भिडियोमा गरिमासँग काम गरेकाले आफूलाई गरिमा सहज लाग्ने सुधीरले बताए।
निर्देशक काजी र श्यामले आफूहरुले भिडियोमा ‘कमेडी फ्लेभर’प्रस्तुत गर्न खोजेको बताउदै भने,‘गीतको भाव अनुसार दर्शकलाई अधिक मनोरञ्जन दिने कोसिस गरेका छौ । सोहीअनुरुप नै हास्य रस मिसाएका हौ।’
गायिका मेलिनाले आफूले बसन्त सापकोटाको संगीतमा थुप्रै गीतहरु गाएको र सफलसमेत भएको स्मरण गर्दै उनीसँग यो गीतमा पुनः सहकार्य गर्न पाउदा खुशी लागेको बताइन्।कार्यक्रमका प्रमुख अतिथि अधिकारीले बसन्तको संगीत तथा गायन कलाको प्रसंसा गरे।उनले बसन्तका हरेक गीतका आफ्नै बिशेषता रहेको बताउदै अझ प्रगतिको शुभकामना ब्यक्त गरे।त्यसैगरी, कार्यक्रमका अर्का अतिथि निर्देशक कृष्णमुरारी ढुंगेलले गीतको मर्मअनुरुपको भिडियो बनेकोमा निर्देशक तथा सुधीर र गरिमाको तारिफ गरे।उनले बसन्त र मेलिनाको गायन कलाको पनि प्रसंसा गरे।अर्का अतिथि संगीतकार चेतन सापकोटाले गीत र भिडियो आफूलाई निकै मन परेको बताए।उनले बसन्तको संगीत मात्र होइन,गायन पनि उत्तिकै अब्बल रहेको र उनले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
संचारकर्मी लक्ष्मण सुवेदीले संचालन गरेको कार्यक्रममा‘राधा पियारी’ मा संलग्न कलाकर्मीलाई मायाको चिनो प्रदान गरिएको थियो।
गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युव च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ।उत्सव दाहालले खिचेको भिडियोको कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन्।बिकास दाहालले सम्पादन गरेको भिडियोको प्रस्तुतकर्ता भिमा लोहार छिन्।
भिडियो लिंक
प्रतिक्रिया