‘तिमी बिना मुटु दुख्छ’ सार्वजनिक

इनेप्लिज २०७८ असोज २१ गते १०:३९ मा प्रकाशित

काठमाडौं:राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी बिना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेश कुमार शाहले निर्माण गरेका हुन्।निर्देशक ज्ञवालीले यसअघि एक दर्जनको हाराहारी सर्टफिल्म तथा केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

सार्वजनिक उक्त गीतको भिडियो निकै सरल तर कथावस्तु हेर्नलायक छ। सडकमा मजदुरी गर्ने एक जोडीको प्रेमलाई सामान्य रुपमा भिडियोमा देखाउने प्रयास गरिएको छ।

रचना रिमाल र शंकरलाल श्रेष्ठको स्वर रहेको गीतलाई युरेश सिग्देलले लेखेका हुन्।भिडियोमा चर्चित मोडल स्मृती श्रेष्ठ र युरेश सिग्देलको अभिनय रहेको छ। इश्वर सिकमनाले खिचेको भिडियोलाई चर्चित फिल्म सम्पादक मित्र डि गुरुङले सम्पादन गरेका हुन्।

गीतको भिडियो

https://www.youtube.com/watch?v=-3y-iNCq0p4

प्रतिक्रिया