एकपटकको कुरा हो लुमडीले राती सपनामा आफू राजनीतिमा लागेर एउटा पार्टीबाट सभासदको टिकट पाएर चुनावमा उठेर जितेको देख्न पुग्यो।अनि उसले आफ्नो श्रीमती आमाबुबालाई “मैले राजनीतिमा लागेर सभासद पदमा उठेर चुनावमा लडेर जितेको सपना देखे नि” भन्यो।उसले आफूू काम गर्ने कार्यालयको हाकिमसाहेबलाई पनि सपनामा देखेको कुरा सुनायो।हाकिमसाहेबले “धेरैजसोको सपनामा देखेको कुरा पुरा हुन्छ नि” भने।उसले स्थायी जागिर खाएको बिस वर्ष पुरा हुन दुई वर्ष बाँकी थियो।दुईवर्ष पछि उसको पेन्सन पाक्यो र पेन्सन पाकेपछि जागिरबाट राजिनामा दिएर राजनीतिमा लाग्यो।
राजनीतिमा एउटा पार्टीमा लाग्न थालेपछि समाजको सेवा गर्दै हिँड्यो।जनताहरुको सेवा गरेपछि आफू चुनावमा उठेपछि मलाई जनताहरुले भोट दिएर जित्न सकिन्छ नि भनेर लुमडीले मनमनै भन्यो।लुमडी राजनीतिमा लाग्न थालेको डेढवर्षपछि चुनाव हुने भयो र पार्टीले मलाई टिकट दियो भने सभासद पदमा उठेर लड्न पाइन्थ्यो भन्यो।तर उसलाई पार्टीले चुनावमा उठ्नको लागि टिकट भने दिएन।पार्टीले टिकट नदिएपछि उसले दिक्क मान्दै मैले सपनामा देखेको कुरा पुरा हुन्छ भनेर जागिर पनि पेन्सन पाक्ने बित्तिकै छाडे।राजनीतिमा लागेर मैले टिकट पनि पाउन सकिन मेरो ठूलो गल्ती हुन पुग्यो भनेर आँखाबाट आँसु झार्यो पछुतायो।
– अरुणबहादुर खत्री “नदी”
सामाखुशी मार्ग,सरकारी धारा,
काठमाडौ
प्रतिक्रिया