गायिका अन्जु पन्तको ’अलायम’ सार्वजनिक

इनेप्लिज २०७८ असोज १९ गते १०:०० मा प्रकाशित


काठमाण्डौं।सुमधुर स्वरकी धनि गायिका अन्जु पन्त र गायक केशव कसुरको स्वरमा रहेको मौलिक गीत’अलायम’गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ।प्रेमील मनहरुको मनको भावलाई गीतमा समेटिएको छ।

आपसमा माया साटासाट गर्नको लागी युगल जोडि आतुर रहेका छन।सुवास संगम राईको शब्द तथा अनिल कोयी राईको संगीत संयोजन गीतमा रहेको छ। मौलिक धारमा निमार्ण गरिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक केशव ले बताए । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा अनिल कोयी राईको निर्देशन तथा कमल राईको नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा उमेश राई फुलन्देको आमा, अनुसा राई , श्याम राई र कृष्टी किराती को अभिनय रहेको छ।

प्रतिक्रिया