काठमाडौ।गायक, संगीतकार तथा गीतकार प्रकाश तामाङ तितुङ र भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएकी गायिका सुजिता योन्जनको स्वरमा ‘सोल्टा सोल्टीनी’ बोलको गीत सार्वजनिक भएको छ।यस गीतमा शब्द र संगीत पनि प्रकाशकै रहेको छ।फनिन्द्र राईले एरेञ्ज गरेको गीतमा सुमन खड्काको मिक्सिङ मास्टरिङ रहेको छ।
‘सोल्टा सोल्टीनी’ गीतको म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र मोडल साक्षी लम्सालको अभिनय रहेको छ।साथमा प्रिया प्रधान, आकांक्षा तामाङ र सिता प्याकुरेको पनि अभिनय रहेको छ।
चर्चित निर्देशक जिवन थापाले निर्देशन गरेको भिडियोमा पल र साक्षी सोल्टा, सोल्टीनी बनेका छन्।पल र साक्षीको विभिन्न स्टेप डान्स सहित रोमान्सपनि यस भिडियोमा देख्न सकिन्छ।यस म्युजिक भिडियोमा निर्देशनसंगै सम्पादन र कलरपनि निर्देशक जिवनकै रहेको छ,भने दिर्घ गुरुङको छायांकन रहेको छ।यो गीत मोक्तान डिजिटल युट्युव च्यानलमा रहेको छ।
प्रतिक्रिया