अफगानिस्तानको काबुल मस्जिदलाई लक्षित गरी विष्फोट गराउँदा धेरै नागरिकको मृत्यु भएको तालिबानले बताएका छन् । मध्य काबुलको एक मस्जिदको प्रवेशद्वार बाहिर भीडमा आइतबार विस्फोट भएको छ ।
जसमा धेरै सर्वसाधारण मारिएका छन्, एक तालिबान प्रवक्ताले भने।
तालिबानका प्रवक्ता जबीहुल्लाह मुहाजिदकी आमाको अन्तिम संस्कारको कार्यक्रम रहेको ईदगाह मस्जिदको द्वारलाई लक्षित गरी विस्फोट भएको हो।
सामाजिक सञ्जालमा आएका विवरणहरु अनुसार ठूलो विस्फोट हुँदा आपातकालीन सेवाहरु घटनास्थलमा पुगेको दृश्यहरु देखाईएका छन् ।
उक्त हमलाको तत्काल जिम्मेवारी कसैले लिएको छैन भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया