ब्राम्प्टन (क्यानडा),सिटि अफ ब्राम्प्टनले हालै क्यानेडियन नेवाः गुथि लाई ब्राम्प्टन सिटिजन्स एवार्ड अन्तर्गत “लङ्गटर्म सर्भिस एवार्ड २०१९” द्वारा सम्मान गरेको छ ।सो को सम्मान पत्र ब्राम्प्टन सिटीका मेयर पाट्रिक ब्राउनले हालै गुथिका अध्यक्ष प्रकाश प्रधानलाई प्रदान गर्नु भयो।नेवाः गुथिले नेवाः एबम नेपाली संस्कृतिको सम्बर्द्दन,समुदायमुखी कार्यक्रम तथा ब्राम्प्टन नगरको सास्कृतिक बिबिधतालाई अझ बढि समृद्द बनाउन लामो समय देखि कार्यक्रम संचालन गर्दै आएकोले सम्मानित गरेको हो।
नेवाः संस्कृतिको सम्बर्द्दन र संरक्षण गर्ने उद्यश्यले सन २००५ मा स्थापित क्यानेडियन नेवाः गुथिले १६ बर्षको अबधिमा नेवाः संस्कृतिको समे बजि, म्हपुजा, यःमरी पुन्हि लगायत बिभिन्न पर्बहरु नियमित रुपमा संचालन गर्दै आएको छ भने समुदायलाई प्रत्यक्ष सहयोग हुने निशुल्क कर आबेदन सेवा, स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम, नवआगन्तुक सेवा,इत्यादि निरन्तर रुपमा संचालन गर्दै आएको छ।त्यस्तै गरि स्थानिय बिस्वबिद्यालयहरुसंग समन्वय गरि टोरोन्टो बिस्वबिद्यालयमा प्राध्यापक तथा बिद्यार्थीहरुलाई नेवाः संस्कृतिबारे कार्यक्रम,नेपालभाषा प्रशिक्षण,ब्रोक बिस्वबिद्यालय संग मिलि नेपाली समुदायको आर्थिक सामाजिक तथा स्वास्थ्य सम्बन्धि अनुसन्धान एबम रायर्सन बिस्वबिद्यालय का बिद्यार्थीहरु द्वारा क्यानेडियन नेवाः गुथिको अध्ययन गरि प्रतिबेदन पेश गरेका थिए। साथै स्थानिय तथा प्रान्तिय सरकार संगको सहकार्यमा नवाआगन्तुक सेवा ,समेबजि तथा परम्परागत नृत्य,नवबर्ष स्वागत कार्यक्रम संचालन गरिएको थियो भने मादल प्रशिक्षण,संस्थाहरुको बित्तिय तथा कानूनी दायित्व सम्बन्धि कार्यशाला लगायत अन्तरराष्ट्रिय कार्यक्रममा नेपाल प्रबर्द्दन स्टल एवम सास्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आएको छ।
साथै गुथिका महासचिब बिमल मान श्रेष्ठ पनि सिटी अफ ब्रामटन द्वारा सिटिजन्स एवार्ड अन्तर्गत “लङ्गटर्म सर्भिस एवार्ड २०२०” बाट सम्मानित हुनु भएको छ। उहाँलाई पनि सम्मानपत्र सिटी अफ ब्राम्प्टनका मेयर पाट्रिक ब्राउनले प्रदान गर्नु भयो।सम्मानित श्रेष्ठ गुथिका संस्थापक सदश्य हुनुको साथै सन २००८ देखि निरन्तर रुपमा महासचिबको रुपमा स्वयंसेवारत हुनु हुन्छ।गुथि बाहेक उहाँले क्यानेडियन डाइबिटिक एसोसियसनमा पनि लामो समय देखि स्वयसेबकको रुपमा सेवा गर्दै आउनु भएको छ।उहाँ लाई सन २०१२मा क्यानेडियन डाइबिटिक एसोसियसन, ग्रेटर टोरोन्टो एरियाले “एचिभमेन्ट एवार्ड” प्रदान गरिएको थियो भने यो सम्मानको साथै श्री श्रेष्ठलाई ओन्टारियो प्रान्तिय सरकार बाट पनि सन २०१६ मा “भोलिन्टियर सर्भिस एवार्ड ” प्रदान गरिएको थियो।
प्रतिक्रिया