गायक सुर्य राई दनुवारको स्वरमा रहेको भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ।भगवानको भजन गाउँदा अनि सुन्दा मनको बोझ हट्ने चिन्ता,पीडा परपर भाग्ने विश्वास सबै भक्तहरू माझ ठूलो आस्था रहेको हुन्छ।चाहे जतिसुकै दु:ख कष्टको समयमा पनि मान्छेहरू भक्ति गर्न छोड्दैन मन्दिरमा होस् या घर आगनमा भगवानप्रति आस्था भएपछि मनको शान्ति होस् या आत्मविश्वासको निमित्त पनि पूजा गर्नु नै महान हो।
साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ‘दिन बित्यो प्रभु वर्ष बित्यो’ भजनको म्युजिक भिडियो सार्वजनिक भएकोे हो।भजनको संगीत स्वयं सुर्य राई दनुवारको रहेको छ।उक्त भिडियोमा कलाकारहरू प्रमोद चौधरी, बिरेन्द्र साह,मुकेश कुमार साह,राकेश यादव,बिनिता माझी,सन्ध्या माझी,सुनिता माझी आदिको अभिनय रहेको छ।म्युजिक भिडियोको सम्पादन कक्ष बि स्क्वायर मिडियाको तर्फबाट बिश्वास भण्डारीबाट गरिएको हो भने भिडियोको निर्देशन रोशन राणा मगरद्वारा गरिएको हो।छाँयाकन/ड्रोन बिशाल राज राईको रहेको छ।
गीतको एरेन्जर संजय हमालले गरेको थियो भने मिक्स/मास्टरिङ बिसन मानन्धरबाट गरिएको थियो।पर्यटकिय क्षेत्र नुनथर,रौतहटको धार्मिक एवं पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको थियो।ई दनुवार कलाकार तथा सांस्कृतिक समाजको प्रस्तुतिमा अमर म्युजिक च्यानल मार्फत भजन सार्वजनिक भएको हो।
प्रतिक्रिया