मैले काम गर्ने कार्यालयको मूलगेट बाहिरको चियापसलमा चिया पिउन निस्कदा सधैंभरि भिड देख्ने गर्दथे।कुनै कुनै दिनमा मैले चिया बेच्ने साहुनीसंग “साह्रै भिड छ नि साहुनीकहाँ चिया खान आउने मान्छेको” हाँसीकन भन्दथे।
एकजना चिया पिउन जाने ग्राहकले “हाम्री साहुनीले साह्रै मीठो चिया बनाउनुहुन्छ त्यसैले यहाँ आएर कुनै पनि ग्राहकले एकपटक चिया पिएपछि पल्कन थाल्छन्” भने।
अर्को ग्राहकले “हाम्री साहुनीका छोरीहरु विवाह नगरीकन बसेका छन् साहुनीले छोरीहरुको विवाह गरेर पठाएपछि यहाँ चिया पिउन कोही पनि आउंदैनन् नि” भन्दै मुख छोडी हाल्यो।त्यसपछि हामी सबैजना खित्का छाडी हाँस्यौ।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं
मोबाइल नम्बर ९८८९०८२५०१
प्रतिक्रिया