अपाङ्गता व्यक्तिहरुको समस्याप्रति सम्वेदनशील रहेको–मन्त्री साम्सोहाङ

इनेप्लिज २०७८ असोज १३ गते २१:०९ मा प्रकाशित

विराटनगर,१३ असोज।प्रदेश नं १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानप्रति सरकार सम्वेदनशील रहेको बताउनु भएको छ।

राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिका तर्फबाट सामथ्र्य समाजका अध्यक्ष चेतनाथ पोखरेलद्वारा आज ध्यानाकर्षण तथा अनुरोध पत्र वुझ्दै सरकारले प्रदेश स्तरिय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ति गरेको र समितिलाई पूर्णता दिएसँगै अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान हुँदै जाने बताउनु भयो।मन्त्री साम्सोहाङले माग प्रति आफु सकारात्मक रहेको धारणा राख्नु भयो।

महासङ्घले वुझाएको ध्यानाकर्षण पत्रमा अपाङ्गता मैत्री भौतिक संरचना निर्माण हुनुपर्ने,आवश्यक सहायक सामाग्रीको व्यवस्था हुनुपर्ने,दोभाषेको नियुक्ति हुनुपर्ने लगायतका ५ बुँदे माग सम्वोधन गर्न अनुरोध गरिएको छ।

प्रदेश स्तरका ऐन,कानुन,नीति,निर्देशीका र कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु राज्यको नीति अनुरुप समावेशीकरण गराउन र सङ्घीय स्तरमा बनेका ऐन,कानुन, नीति,निर्देशीका र कार्यक्रमको कार्यान्वयनका लागि सकारात्मक दवाव दिने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघले जनवकालत कार्यक्रमको अभियान अगाडी सारिएको महासंघ प्रदेशका कार्यक्रम अधिकृत सरोज नेपालीले बताउनुभयो।

यसैगरी आजै मन्त्री साम्साहाङलाई मोरङ बहिरा क्रिकेट संघले विरानगरमा ११ औ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता आयोजना गर्न एक प्रस्तावना पत्र वुझाएको छ।

उहाँलाई संघका अध्यक्ष मोहनकुमार तिवारी नेतृत्वको टोलीले मन्त्रालय भेट गरी प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका आठ बटा वहिरा क्रिकेट संघका खेलाडीको सहभागिता हुने जनाएको छ।

मन्त्री साम्सोहाङले प्रस्तावना बुझ्दै बजेट कार्यान्वयन पश्चात आवश्यक सहयोग गर्ने आश्वासन दिनु भयो।

 

प्रतिक्रिया