विराटनगर,१३ असोज।प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले जितिया पर्वको उपलक्ष्यमा आज यहाँ शुभकामना सन्देश दिनु भएको छ।प्रदेश प्रमुख अधिकारीद्वारा जारी सन्देशमा थारु समुदायका महिलाहरुले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमिक्त भगवान जीतमहान गोँसाई,विष्णु,शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आरधना गरी मनाइने उल्लासको चाड जितिया पर्वको सु–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य,दीर्घायू एबम् उत्तरोत्तर प्रगति, उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
पारम्परिक गीत,सङ्गीतका साथमा नाचगान सहित जितिया पर्व हरेक वर्ष अश्विनको अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाइन्छ सन्देशमा उहाँले उल्लेख गर्नु भएको छ।
उहाँले यस पर्वको अवसरमा आफन्तसितको भेटघाट,साँस्कृतिक मनोरञ्जन, सामुहिक हर्षबढाइँका साथ शुभकामना आदान प्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने यस पर्वलाई महत्त्वका साथ हेरिने भएतापनि विश्व नोवल कोरोना भाइरस (कोभिड –१९) को महामारीबाट मुक्त भैइ नसकेकोले यस परिप्रेक्ष्यमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइ अत्यन्तै सावधानीपूर्वक भौतिक तथा सामाजिक दुरी कायम गर्दै जितिया पर्वलाई मनाउनु पर्ने बाध्यता भएको उल्लेख गर्नु भएको छ।
प्रदेश प्रमुख अधिकारीले जितिया पर्वको लोक प्रियतालाई बचाइ राख्न परम्परागत संस्कृतिलाई बचाउन सरोकारवाला सबैलाई अनुरोध गर्दै नेपाली समुदायमा धार्मिक,सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण,सम्बर्धन तथा विकास गर्न आमनेपाली दाजुभाइ तथा दिदी बहिनीहुरु जुट्नुहुने कुरामा म विश्वस्त छु सन्देशमा उल्लेख गर्नु भएको छ।
अन्त्यमा,जितिया पर्व मानवभित्रको असत्यमाथि सत्यको विजयको प्रतिक हो, यसलाई भव्य र सभ्य रुपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता,अखण्डता र राष्ट्रिय एकताका निमित्त जितिया पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै पुन ः सबै–सबैमा हार्दिक शुभकामना उहाँले व्यक्त्त व्यक्त गर्नु भएको छ।
प्रतिक्रिया