प्रताप ‘रिसाउ न त रिसाउ’मा दिनेश र बिष्णुको रोमान्स ( भिडियो )

इनेप्लिज २०७८ असोज १३ गते १०:०९ मा प्रकाशित

काठमाडौं– गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ।रिसाएकी प्रेमिकालाई फकाउने कोसिसको सुन्दर जोडीको रोमान्टिक कथा भिडियोमा देख्न सकिन्छ।म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्र फिचर्ड छन्।

बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो लिंक

प्रतिक्रिया