प्रतिक्षा शुक्ला मिस नेपाल युएस २०२१ घोषित

इनेप्लिज २०७८ असोज ११ गते २:२८ मा प्रकाशित

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन्।शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि विजेता घोषित भएकी हुन्।

प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए।सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करण हो।जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए।

प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार,कला न्यौपाने, प्रतिक्षा शुक्ला,प्रतिशा प्रधान,प्रितिजा जैसी,रीया श्रेष्ठ,सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड–१९ परिक्षण गरिएको थियो।प्रतियोगिता २०११ मा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गरेका थिए।पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन्।

प्रतिक्रिया