अभिनेत्री एंव मोडल अनामिका चौलागाईं अब गायिका भएकी छिन्।बिभिन्न चलचित्र सहित म्युजिक भिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउन नी पाउँछ,बोलको गीत बजारमा ल्याएकी हुन्।
गीतको शब्द शान्तिप्रियको रहेको छ।गीतको संगीत राम सिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्र बजगाईंले गरेका हून्।गीतको भिडियो पनि तयार पारीएको छ।भिडियोमा गायिका अनामिका चौलागाईं नै फिचरिङ छिन्।श्रृंगार भने पवित्रा भट्टराईको रहको छ।भिडियो गोविन्द अञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादन बिनोद बमले गरेका हुन्।भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपक थापाले हेरेका हुन्।भिडियोको निर्देशन गीतकार स्वयं शान्तिप्रियले गरेका छन्।छायांछवि क्रियशनले भिडियो निमार्ण गरेको हो।सीसी नेपाल युट्युब च्यानल बाट गीत रीलीज गरिएको छ।
प्रतिक्रिया