काठमाण्डौ -१०० भन्दा धेरै नेपाली आधुनिक तथा लोक गीतहरुमा संगीत भरेका गायक /संगीतकार राजु अर्यालको नयाँ गीत ‘फुलबुट्टे चोली’ को लिरिकल भिडियो डिजिटल बजार युट्युब मार्फत बजारमा आएको छ।गायक अर्याललाई चर्चित गायिका रचना रिमालले साथ दिएकि छन।गायक अर्यालले आफ्नै युट्युब च्यानल ‘राजु अर्याल अफिसियल’ मार्फत उक्त गीत बजारमा ल्याएका हुन।
‘फुलबुट्टे चोली’ मा मायालु जोडि विचको प्रेम प्रसङगलाई ब्यक्त गरिएको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । गायक अशोक अर्याल र राजेश पौडेलको शब्द तथा कृष्ण बाजुरालीको सिर्जना गीतमा रहेको छ।
चर्चित भिडियो सम्पादक नविन धर्ति मगरको सम्पादनमा लिरिकल भिडियो तयार गरिएको छ।अहिलेलाई लिरिकल भिडियो मार्फत आएको उक्त गीतको निकट भविष्यमा म्युजिक भिडियो बनाउने गायक अर्याल बताउछन्।
”’फुलबुट्टे चोली’” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया