मुख्यमन्त्री भीम आचार्यको संविधान दिवसको सन्देश

इनेप्लिज २०७८ असोज ३ गते १३:५१ मा प्रकाशित

 

विराटनगर,३ असोजः प्रदेश नं १ मुख्य मन्त्री भीम आचार्यले संविधानको मर्म र भावनालाई आत्मसाथ गर्दै मन,वचन र कर्मले प्रदेश १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान गर्नु भएको छ।

संविधानको पूर्ण कार्यान्वय,प्रदेशको समृद्धि र खुशी नागरिकको अपेक्षासहित संविधान दिवस तथा राष्ट्रिय दिवस,२०७८ को शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तोआव्हान गर्नु भएको हो।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि ६ बर्ष अघि आजकै दिन संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको थियो।उहाँले संविधान दिवस अर्थात राष्ट्रिय दिवसको यस पुनित अवसरमा देश विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक बधाई एंव शुभकामना व्यक्त्त गर्नु भएको छ।

‘जनताको अथक योगदान,अधिकारको खातिर गरिएको बलिदानीले जनताकै प्रतिनिधिहरु मार्फत धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितासहितको संविधान हामीले पाएका छौं।’–आइतबार जारी सन्देशमा भनिएको छ–‘यही संविधानले सामन्ती,निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक,धार्मिक,सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सूत्रमा बाधेको छ।’

लामो समयदेखिको राजनीतिक द्वन्द्वसमाप्त गर्दै राष्ट्रिय एकता, शान्त, समुत्रत र समृद्ध नेपाल बनाउनु पर्ने दायित्व नेपालीकै भएको बताउनु हुँदै समृद्ध प्रदेश निर्माणका लागि सबै राजनीतिक दल,संघसंस्था तथा आम जनसमुदायमा आव्हान समेत गर्नु भएको छ।प्रदेशलाई सामाजिक,आर्थिक समृद्धिसहितको विकास गर्न प्रदेश सरकारले प्राथमिकतामाराखेर काम गरेको उहाँले बताउनुभएको छ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण देश आक्रान्त भए पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न स्वच्छ,सुखी र समुत्रत प्रदेश निर्माणका लागि प्रदेश सरकार सबैसँग हातेमालो गरेर अगाडी बढेको जारी सन्देशमा भनिएको छ।

प्रतिक्रिया