एनआरएनए चीनले करोडौ मुल्य पर्ने ४ अक्सिजीन प्लान्ट पठाउन संयोजकको भुमिका खेल्दै

इनेप्लिज २०७८ असोज १ गते ०:४७ मा प्रकाशित

एनआरएनए चीनको बारेमा नेपाल तथा बिदेशमा नसुन्ने र नबुझ्ने सायद कमै होलान, भुकम्प जादा त्रिपाल किन्न होस वा जाडोमा न्यानो कम्बल किन्न, पहिलो कोरोनाको कहरमा माक्स, लगाएत मेडिकल सामाग्री किन्न होस वा दोस्रो कोरोनाको लहरमा अक्सिजन कन्सन्ट्रेटर वा अक्सीजन सिलिन्डर वा अक्सीजन प्लान्ट किन्न होस एनआरएन चीनले नै अग्रणी भुमिका खेलेको थियो। जति पनि एनआरएनएहरुले हामीले यति माक्स दियौ , यति अक्सिजन प्लान्ट दियौ वा यति अक्सीजन सिलीन्डर दियौ भनेर सगर्ब भनिरहदा एनआरएनए चीनले ती सामान किन्न र ढुवानी गरेर काठमाडौ पुर्याउन खेलेको भुमिका बिर्सन नहुने धारणा एनआरएनए चीनका निबर्तमान अध्यक्ष प्रदीप न्यौपाने र आईसीसी सदस्य नबिन बिकले एकै स्वरमा ब्यक्त गरे।

हालै मात्र एनआरएनए केन्द्रिय समितिले नेपाललाई सहयोग गर्न लागेको ४ थान अक्सिजन प्लान्ट एनआरएनए चीनले नै गएर परिक्षण तथा अवलोकन गरी सम्पुर्ण ढुवानीको जिम्मा लिदैछ। करोडौको यी मेशीनलाई परिक्षण गर्नको लागी एनआरएनए चीनको चच्याङ क्षत्रिय संयोजक आकाश गुरुङ, क्षत्रिय कार्यसमिति सदस्य जीबन मैनाली र सदस्य सुरज शर्माले जान आउन र परिक्षण समेत गर्दा ३ दिन खर्चीन परेको थियो। संसारभरीका एनआरएनहरुको अक्सीजीन सिलिन्डर, माक्स, पन्जा,पिपिई हरु लगाएत अन्य महत्वपुर्ण सामन पठाउन कहि न कहि चीनको एनआरएनले नै सहकार्य गर्नुपर्ने हु्न्छ।

एनआरएनए चीन ब्यापारीहरु बस्ने अखडा हो, यहा कोही पनि कामदारहरु छैनन, त्यसैले संख्याको हिसाबले सानो भए पनि कामको हिसाबले संसारको ठुला एनआरएनए भन्दा कम छैन। जब जब चुनाब आउछ तब भोटको मात्र मुल्यांकान गरेर अंकगणितिय हिसाबमा जादा हामी जस्तो संख्याको हिसाबले सानो एनआरएन कहिले पनि केन्द्रमा आफ्नो प्रतिनिधिको उपस्थिती गराउन मुस्किल भएको कुरा एनआरएनए चीनको अध्यक्ष रोहित अग्रवाल र महासचिब यादब अर्याले एकै स्वरमा दुखेसो ब्यक्त गर्नुको साथ साथै यसपाली हामीले एनआरएनए चीनबाट एकमात्र आधिकारीक प्रतिनिधि क्षत्रिय उपसंयोजकको रुपमा केन्द्रिय सदस्य नबिन बिकलाई उठाएको र नबिन बिकलाई सबैले सहयोग गरेर जिताउन पनि अनुरोध गरे, र भने भबिस्यमा पनि भैपरी आउने कुनै प्रकोपको राहत सामाग्री खरिद तथा ढुवानी गर्नकोलागी सहजकारी भुमिका खेल्नको लागी र एनआरएनए चीनको कार्यको सम्मान स्वरुप भए पनी नबिन बिकलाई जिताउनु पर्ने अध्यक्ष रोहित अग्रवालको कथन थियो ।

 

प्रतिक्रिया