राप्रपा मोरङको अध्यक्षमा आचार्य

इनेप्लिज २०७८ भदौ ३० गते १०:१२ मा प्रकाशित


विराटनगर,३० भदौ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङको एकता अधिवेशनले माधवप्रसाद आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको छ।

विराटनगरमा सम्पन्न भएको निर्वाचनमा आचार्यले ३६३ मत ल्याई विजयी हुनु भएको छ भने अर्का प्रत्यासी श्याम कार्की १०० मत पाउनु भएको थियो।

उक्त निर्वाचनमा अन्य ३९ जना सदस्य निर्विरोध निर्वाचित हुनु भएको राप्रपाका तराई मधेश प्रमुख दिनेश शाहले जानकारी दिनु भयो।

राप्रपा मोरङको यहाँ सम्पन्न जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

प्रतिक्रिया