तनहुँ — टिकटक बनाउने क्रममा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन्।मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन्।उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।
नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए।बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया