मातृ देवो भवः पितृ देवो भवः गुरु देवो भवःनेपाली संस्कृति, सम्मान र परम्परा विश्वमै सम्मान छ । संस्कार, धर्म एवं परम्परा र मान्यता आफ्नै आफ्नै होलान् । सबै जात – जातीको एउटै सुत्र संस्कार हो । नेपालीको पहिचान हो ।
कुशे औशी अर्थात बाबुको मुख हेर्ने अवसर पारेर विकाश घले गुरुङ्ले शुभकामना शिर्षकमा गीत लीएर आएका छन् । रेड ओशियन इन्टरटेनमेन्टबाट शुभकामना गीतलाई रीलीज गरिएको छ । यस गीतमा स्वर प्रसिद्ध गायक शिव परियारको रहेको छ भने विकाश घले गुरुङले नै शब्द लेखेको छन् । गीतमा प्रसिद्ध संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । ऐरेञ्जमेन्ट राजु कार्कीको रहेको छ भने मिक्सिङ प्रकाश मिश्रले गरेका छन् ।
गीतको भिडियो पनि तयार गरीएको छ । कथा, निर्देशन, सम्पादन तथा रंग संयोजन पनि स्वयं विकाश घले गुरुङले गरेका छन् । म्यूजिक भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा, विप्लव गुरुङ आदीले अभिनय गरेका छन् भने विशाल ढुंगानाले छायांकन गरेका छन् ।
चलचित्र, डकुमेन्ट्रि, म्यूजिक भिडियोमा अब्बल मानिएका विकाश घले गुरुङले अभिभावक प्रति सम्मान राम्ररी जाहेर गरेका छन् । आमा, बाबु, गुरु एवं प्रोडवर्गको सम्मानमा यो गीतले मूमिका खेल्ने कुरामा कुनै शंका छैन ।
https://www.youtube.com/watch?v=gQpc8fZcPds&t=329s
प्रतिक्रिया