कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय ठहर भएका दुई जना प्रतिवादीहरू पक्राउ

इनेप्लिज २०७८ भदौ १७ गते २१:४४ मा प्रकाशित


विराटनगर,१७ भदौ।जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय पाएका दुई फरार प्रतिबादीलाई प्रहरीले आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले दिएको जानकारी अनुसार अदालतबाट विसं २०७३ फागुन २२ गते गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय ठहर भएका मोरङको बेलबारी नगरपालिका –१का ३१ बर्षिय धर्मराज पोखरेल र तत्कालिन मोरङको ईन्द्रपुर गाबिस– ४ घर भई हाल बिराटनगर–१२ बस्ने २९ बर्षिय कृष्ण राजबंशी भन्ने कृष्णप्रसाद ताजपुरीयालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

निजहरुलाई आवश्यक कारवाहीको लागि मोरङ जिल्ला अदालत विराटनगरमा बुझाएकोमा कारागार चलान भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया