कवि तथा गीतकार विनोद चालिसेको गीतिसंग्रह ‘मनको धुन’ सार्वजनिक

इनेप्लिज २०७८ भदौ १४ गते २२:५० मा प्रकाशित

गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ।नेपाली काँग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथामा उक्त कविता तथा गीतिसंग्रह गरिएको हो।कार्यक्रममा संगीतकार सुरेश अधिकारी,प्राध्यापक डाक्टर प्रयागराज वाषिष्ठ वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थित रहेको थियो।

उक्त गीति एल्बममा ‘भएछु म अँगारसरि’,‘विदेश जाउ’, ‘के गरौ कसो गरौ’,‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरु समावेश छ।गीतमा शब्द रचना विनोद चालिसे र संगीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ।गीतमा स्वरुप राज आचार्य,मेलीना राई,कृष्णकुमार खड्का,शशि विक्रम थापा,ज्ञानकुमार खड्काको सुमधुर स्वर रहेको छ।

कार्यक्रममा नेता थापाले गीति एल्बममा समेटिएका गीत कर्णप्रिय रहेको बताउनुभयो।उहाँले शब्द र संगीत उत्तिकै सशक्त रहेको बताउनुभयो।त्यस्तै प्राध्यापक डाक्टर प्रयागराज वाषिष्ठले कविता संग्रहमाथी टिप्पणी तथा समालोचना गर्नुभयो।कार्यक्रममा संगीतकार सुरेश अधिकारीले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने बताउँदै संगीत कलाको आयु अनन्त रहेको बताउनुभयो।कार्यक्रमको सभापतित्व चन्द्रप्रकास सिवाकोटीले गर्नुभएको थियो।

प्रतिक्रिया