टोरोन्टो,वर्ल्ड नेवाः अर्गनाइजेसनद्वारा जूम प्रबिधि मार्फतआयोजित प्रथम अन्तरराष्ट्रिय हाजिरि जवाफ प्रतियोगिताको शताब्दि पुरुष,संस्कृतिबिद तथा मुर्धन्य साहित्यकार सत्यमोहन जोशीज्युले कलात्मक नेवा त्वादेवा (पानस)मा दीप प्रज्वलित गरि उदघाटन गर्नु भयो।उदघाटन मन्तब्य दिनु हुदै शताब्दि पुरुष सत्यमोहन जोशीले काठमाण्डौ उपत्यका लगायत नेपालको कला र सस्कृतिको श्रीबृद्दिमा नेवा समुदायले पुरातनकाल देखि बर्तमान सम्म योगदान दिदै आएको बताउनु हुदै नेवाः समुदायको गौरबलाई जगेर्ना गरि बिस्वभर फैलाउनु आजको आबश्यकता हो भन्नु भयो।सो कार्यमा बिस्वका बिभिन्न मुलुकमा बसोबास गर्दै आएका नेवा समुदायको एकता गरि संस्कृति जगेर्ना गर्ने उद्देश्यले वर्ल्ड नेवाःअर्गनाइजेसनले पहिलो पटक शुरु गरेको यो हाजिरि जवाफ प्रतियोगिता अत्यन्त प्रशंसनिय रहेको बताउनु भयो।उहाँले कार्यक्रमको सफलताको साथै निरन्तरताको पनि अपेक्षा गर्नु भयो।कार्यक्रम उदघाटन पस्चात रंजना सैन्जु र अमर सैन्जु दम्पतिले सिटार तथा मुर्चुंगामा मंगल धून प्रस्तुत गरेका थिए।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु हुदै प्रतियोगिता संचालन समितिका संयोजक बिमल श्रेष्ठले लोप हुदै गैरहेको नेवा सस्कृति,सम्पदा,परम्परा,भाषा, साहित्य,कला ईत्यादिलाई युवा पुस्ता मार्फत जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताउनु हुदै यो कार्यक्रमको शुरुवातले सस्कृति जगेर्नामा युबाहरुको संलग्नता बढने मा बिस्वास ब्यक्त गर्नु भयो।कार्यक्रममा प्रतियोगिता संचालनका सफ्टवयर निर्माता प्राबिधिक संयोजक एबम वर्ल्ड नेवाः अर्गनाइजेसनका उपाध्यक्ष संयुक्त श्रेष्ठले प्रतियोगिता संचालन बिधि बारे प्रकास पार्नु भयो।
सोहि कार्यक्रममा नेवाः हाजिरि जवाफ प्रतिगिताका अभियन्ता,साहित्यकार एबम शिक्षाबिद हितकर बीर सिं कंसाकारले आज भन्दा ५० बर्ष अगाडी २०२८ साल देखि बिद्यालय र क्याम्पस स्तरिय नेवाः हाजिरि जवाफ प्रतियोगिता निरन्तर रुपमा संचालन गर्दै आएको ईतिहास खोतल्नु हुदै २०४६ पछि सो क्रम रोकिएकोमा हाल वर्ल्ड नेवाःअर्गनाइजेसनले यसको शुरुवात गरेकोमा आफूलाई औधि खुसि लागेको बताउनु बताउनु भयो।साथै यो प्रतियोगिताको शुरुवातले युबा तथा बिद्यार्थि बर्ग उत्साहित हुने बताउनु हुदै वर्ल्ड नेवाःअर्गनाइजेसनका सदश्य राष्ट्रहरुको थप सक्रियतामा अर्को पटक सो प्रतियोगिता अझ बढि ब्यापक हुने बिचार ब्यक्त गर्नु भयो।कार्यक्रममा प्रतियिगिताको प्रश्न निर्माण उपसमितिका संयोजक एबम प्रसिद्द साहित्यकार केशरमान ताम्राकारले यो प्रतियोगिता संचालन गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहोयोग गर्नु हुने सम्पूर्ण महानुभाब तथा संस्थाहरु प्रति धन्यबाद ब्यक्त गर्नु भयो।साथै उहाँले प्रतियोगिताका सहभागिहरुले पालना गर्नु पर्ने नियमहरु बारे पनि जानकारी दिनु भयो।
सभापतिको आसन बाट बोल्नु हुदै वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले बिस्वका बिभिन्न स्थानमा बसोबास गरि रहेका नेवाः समुदायलाई एकताको सुत्रमा आबद्द गरि नेवा संस्कृति,भाषा,परम्परालाई सम्बर्द्धन गर्ने उद्देश्यले संस्थाले सन २०१८ देखि बिस्व नेवाः दिबसको शुरुवात गरेको जानकारी दिनु हुदै नेवाः भाषालाई परन्तु सम्म जिबित राख्ने उद्देश्यले गूगलमा नेवाःभाषाको अनुबाद सुबिधामा सूचिकृत गराउने प्रयास लगायत हाल आएर यो प्रतियोगिताले संस्थाको सामुहिक उद्देश्य साकार पार्न मदत पुग्ने छ भन्नु भयो।साथै उहाँले सबैको सहयोगले नेवाःमुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गर्न हामि सफल हुने बिस्वास ब्यक्त गर्नु भयो।
५ मुलुकका २० टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता नभेम्बर को दोश्रो हप्ता सम्ममा सकिने छ भने आजको पहिलो चरणमा भोँ स्वाँ,सिन्हाय स्वाँ र उफ्व स्वाँ गरि ३ टोली अर्को चरणमा प्रबेश गरेको छ।कार्यक्र्ममा वर्ल्ड नेवाःअर्गनाइजेसनका संस्थापक एबम संरक्ष क दया शाक्य निर्णायक,संयुक्त श्रेष्ठ क्विज मास्टर हुनु हुन्थ्यो भने उदघाटन कार्यक्रमको संचालन वर्ल्ड नेवाः अर्गनाइजेसनका सचिब एबम रेडियोकर्मी रस्मिला प्रजापतिले गर्नु भएको थियो।
प्रतिक्रिया