काठमाण्डौं।नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको को आवाजमा नयाँ तिज गीत ”नाच्ने हो बेसरी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ।तिजको महत्वलाई गीतमा समेटिएको छ।तिज पर्वमा आपसमा दिदि बहिनी भेला भएर गीत गाएर नाच्नको लागी गायिका तृप्ती आतुर रहेकी छन।दिनेश पराजुलीको छायाँकन,राजेश कुमारको सम्पादन तथा टिकाराम विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ।”नाच्ने हो बेसरी ” गीतको भिडियोमा डीमोन क्षेत्री र अर्नबि ढुगांना को अभिनय रहेको छ।
”नाच्ने हो बेसरी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया