दार- ए – सलाम । गैरआवासीय नेपाली सङ्घ , राष्ट्रिय समन्वय समिति तान्जेनियामा दोश्रो कार्यकालका लागि पुन: पुष्पराज भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
अन्य निर्विरोध निर्वाचित पदाधिकारिहरूमा उपाध्यक्षमा पासाङ शेर्पा ( आरुषा ), बिनोद पटेल ( दार एस सलाम) र नारायण प्रसाद अर्याल ( जान्जीबार ) रहनुभएको छ भने महासचिवमा नविन पंडित, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रन्जन, सह- कोषाध्यक्षमा सन्तोष उदास, युवा संयोजकमा कृष्णबहादुर सुनार, महिला संयोजकमा सपना ढकाल र कार्यकारी सदस्यमा महेश गिरी , सिलम कुमारी,किसन दमाईर थानेश्वर दर्जी रहनु भएको छ ।
त्यसैगरी सल्लाहकारमा प्रेम प्रसाद गुरुङ्ग र संरक्षकमा पुर्व अध्यक्ष भिमसेन क्षेत्रीलाई चयन गरिएको छ ।
संघका पुर्व अध्यक्ष तथा अनुगमनकर्ता भीमसेन क्षेत्रीका अनुसार कार्यसमिति निर्विरोध चयन भएको हो ।
प्रतिक्रिया