अर्थमन्त्री डा महतद्वारा बजेट प्रस्तुत

इनेप्लिज २०७२ असार २९ गते ११:०४ मा प्रकाशित

ramsaran-mahatकाठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७२÷०७३ को राजस्व आयको अनुमान (बजेट) आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको छ ।

आज अपराह्न ४ः१५ मा अर्थमन्त्री डा महतले सो बजेट वक्तव्य दिन थाल्नुभएको हो ।

उहाँ बैठकमा आधा घन्टा अगावै आइसक्नुभएको थियो भने संसद् भवन परिसरमा सञ्चारकर्मी र सरकारका विभिन्न निकायका प्रतिनिधिको पनि विशेष चहलपहल रहेको छ ।

रिबनले बाँधिएको ब्रिफकेस बोकेर उपस्थित मन्त्री महतले रोस्ट्रममा पुगेर रिबन खोली बजेट वक्तव्य दिनुभएको हो ।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि डा महत अर्थमन्त्रीका रुपमा सम्भवतः धेरै पटक बजेट प्रस्तुत गर्न पाउने व्यक्ति पनि हुनुभएको छ ।

प्रतिक्रिया