काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भण्डारीले एक प्रेश बिज्ञप्ति निकाल्दै कोभिड-१९ को विषम परिस्थितिमा मजदुर, बिद्यार्थी र शिक्षकहरुलाई प्राथमिकताको साथ् खोप दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
हेर्नुहोस प्रेश बिज्ञप्ति :
लामो अन्योल र अस्थिरता पार गर्दै मुलुकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार पाएको छ।आम नागरिकले जस्तै म पनि यो सरकारले पूर्ण इमान्दारिताका साथ नागरिकको पीरमर्का बुझेर काम गरोस् भन्ने चाहन्छु।विषम परिस्थितिमा गठन भएको यो सरकारलाई असफल हुने कुनै सुविधा उपलब्ध छैन।जुनसुकै मूल्य चुकाएर पनि देश र जनताको यावत समस्या सम्बोधनमा खट्नु यो सरकारको प्रमुख दायित्व हो।विगतको सरकारले महामारीले थलिएका नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न र जनजीविका असहज भएका नागरिकलाई सहयोग गर्नका लागि खर्च गर्नुपर्ने समय सबै राजनीतिक दाउपेच र भ्रष्टाचारमा निर्लिप्त रहँदा नागरिकमा अत्यन्त निराशा उत्पन्न भएको छ।विद्यमान स्वास्थ्य समस्या, महामारीका कारण ठप्प भएको आर्थिक क्रियाकलाप र सामाजिक समस्याको मिहिन समीक्षा गरी त्यसको समाधानमा सरकार लाग्नु अत्यावश्यक छ।
महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय यथेष्ठ मात्रामा खोप प्राप्त गर्नु नै प्रमुख प्राथमिकता हो।केही नागरिकले खोप पाएका छन् तर अधिकांश यो सुविधाबाट बञ्चित भएको अवस्था छ।खोपमा पनि अनियमितता भएको र खोप पाउनु पर्ने वर्ग तथा समुदायको खोपमा पहुँच नपुगेको भन्ने आम गुनासो छ। टाठाबाठा र पहुचचवालाहरुले नियम मिचेर खोप लिएका समाचार निरन्तर सार्वजनिक हुदै आएका छन्।खोप सबैले पाउनु पर्दछ त्यसमा कुनै द्धिविधा छैन तर यसको प्राथमिकता भने निर्धारण गरी त्यसमा कडाई गरिनु आवश्यक छ।दैनिक काम नगरी खान नपुग्ने श्रमिक÷मजदुरहरु वा सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन र आपुर्तिमा योगदान गर्ने वर्गलाई खोपमा उच्च प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ ध्यान पुगेको छैन। विद्यार्थी र शिक्षकहरु जसको काँधमा मुलुकको भविष्य र आशा अडिएको छ, उनीहरुलाई खोप दिने कार्यमा पनि अलमल देखिन्छ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले उच्च प्राथमिकताका साथ श्रमिक तथा मजदुरलाई खोप उपलब्ध गराउनु पर्दछ।साथै विद्यार्थी र शिक्षकलाई पनि प्राथमिकताका साथ खोप प्रदान गरी पठन पाठन नियमित गर्नु अति आवश्यक छ।यो सरकारले खोप अनुदानको रुपमा मात्र लिने होइन आवश्यक परेमा आफैले खर्च गरेर पनि यथासक्य छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनु पर्दछ।नागरिकको जीवन रक्षा सरकारको प्रथम दायित्व हो भन्ने तथ्यलाई यो सरकारले आत्मसात गर्नेछ भन्नेमा म विश्वस्त छु।विशेष गरी श्रमिक÷मजदुर, विद्यार्थी र शिक्षकलाई उच्च प्राथमिकताका साथ खोप उपलब्ध गराउन म सरकारसँग आग्रह गर्दछु।
जय नेपाल !
शंकर भण्डारी
केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख
नेपाली कांग्रेस
प्रतिक्रिया