प्रधानमन्त्री नियुक्त गर्दा पनि राष्ट्रपति भण्डारीद्धारा बेइमानी शपथ ग्रहणमा तीन घण्टा ढीलो , बिज्ञप्ति सुधार्न बाध्य

टंक पन्त २०७८ असार २९ गते १६:३५ मा प्रकाशित


काठमाडौ । नेपाली काग्रेसका सभापति शेरबहादुर पाचौ पटक प्रधानमन्त्री हुनुभएको छ । सर्बोच्च अदालतको परमादेश अनुसार देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

सर्बोच्च अदालतले मंगलबार ५ बजे भित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश गरेको थियो । प्रतिनिधिसभा पुनस्र्थापना गरी परमादेश जारी गरेपछि पनि राष्ट्रपति बिधा भण्डारीले सबिधानको धारा उल्लेख नै नगरी नियुक्त गरेका कारण शपथ ग्रहण कार्यक्रम तीन घण्टा ढीलो भएको थियो ।


देउवाले राष्ट्रपति भण्डारीले सबिधानको धारा उल्लेख नगरी सर्बोच्च अदालतको फैसाला बमोजम नियुक्त गरेको भनी बिज्ञप्ति जारी गर्नुभएको थियो ।

तर प्रधानमन्त्री देउवाले सबिधानको धारा उल्लेख गरी बिज्ञप्ति नसच्याए सम्म शपथ ग्रहण नगर्ने अडान लिएपछि शपथ ग्रहणमा ढीलाइ भएको थियो ।

५ बजे तोकिएको शपथ ग्रहण कार्यक्रम साढे ८ बजे मात्रै भएको थियो । पुर्ब प्रधानमन्त्री बिशिष्ट ब्याक्तित्वहरु निर्धारित समयमा नै राष्ट्रपति कार्यालय पुगेका थिए ।

पुर्ब प्रधानमन्त्रीहरु र राष्ट्रपतिबीच परामर्श भएपछि शपथ ग्रहण सच्याउन राष्ट्रपति भण्डारी बाध्य हुनुभएको थियो ।

राष्ट्रपति बिधा भण्डारीले देउवालाई शपथ ग्रहण गराउन ढाइ घण्टा पर्खिेनुपरेको थियो ।

त्यस अघि राष्ट्रपति कार्यालयले शपथ ग्रहण कार्यक्रम ५ बजेका लागि तय गरेको थियो तर नबनियुक्त प्रधानमन्त्री देउवाले आफु दलहरुको परामर्शमा रहेकोले ६ बजे मात्र आउन सक्ने खबर पठाउनुभएको थियो ।

अरु बेला राष्ट्रपतिलाई पर्खिनुपथ्र्यो भने यस पटक राष्ट्रपतिले प्रधानमन्त्रीलाई पर्खिनुपरेको थियो ।

प्रधानमन्त्री देउवाको शपथ ग्रहण लगत्तै देउवाद्धारा नियुक्त चार मन्त्रीलाई पनि शपथ ग्रहण गराइएको छ ।

नयां मन्त्रीहरुमा माओबादीबाट अर्थ मन्त्री जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुसाल हुनुहुन्छ भने नेपाली काग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खांण र कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की हुनुहुन्छ । जनता समाजबादी पार्टी भने साउन ३ गते पछि मात्रै सहभागी हुने भएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि शेरबहादुर देउवाको सरकारले आगामी चैत्र सम्म सम्पुर्ण नेपाली जनतालाई खोप लगाउने र असोज सम्म एक तिहाई खोप लगाइ सक्ने पहिलो निर्णय गरेको छ ।

 

प्रतिक्रिया