हेटीका राष्ट्रपति जोभेनल मोइसको हत्या भएको छ । आफ्नै निवासमा हत्या भएको हेटी सरकारले जनाकारी दिएका छन् ।
हतियारधारी एक समु्हद्धारा राष्ट्रपति मोइसको राजधानी पोर्ट ओ प्रिन्स स्थित निवासमै हत्या भएको हेटीका प्रधानमन्त्री क्लाउड जोसेपले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति मोइसको स्थानीय समय रातको १ बजे निजी निवासमै हत्या भएको जनाएका छन् ।
उक्त आक्रमणमा उनको पत्नीलाई समेत गोली लागेको छ भने उनको उपचार भै रहेको जनाइएको छ । प्रधानमन्त्रीले ‘घिनलाग्दो, अमानवीय र बर्बर कार्य’ भन्दै निन्दा गर्दै शान्त हुन आह्वान गरेका छन् भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
“देशको सुरक्षा स्थिति हैटीका राष्ट्रिय प्रहरी तथा र हैकीका सशस्त्र सेनाको नियन्त्रणमा छ,” विज्ञप्तिमा भनिएको छ । “राज्यको निरन्तरताको प्रत्याभूति गर्न गर्न र राष्ट्रको रक्षा गर्न सबै उपायहरु चालु गरिएको छ।”
मोइस ५३ बर्षका थिए भने उनि २०१७ मा सत्तामा पुगेका थिए । उनको सत्ता २०२२ सम्म रहेको उनले दाबी गरेका थिए ।
उनका विपक्षीले अर्को बर्षको फेब्रुअरीमा पद छोड्नुपर्ने तर्क अगाडी सारेका थिए ।
प्रतिक्रिया