धनगढी,असार २३÷ राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले नेपालमा बिद्यमान जातीय छुवाछुत नेपाली समाजको विकास र समृद्धिको बाधक भएको बताउनु भएको छ।
जातीय छुवा छुत तथा भेदभावको अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरों भन्ने मूल नाराका साथ दलित अधिकार सम्बन्धी स्थानीय तहका दलित जनप्रतिनीधिहरु संगको छलफल ता अन्तरक्रिया कार्यक्रमका प्रमूख अतिथी एवं दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जात जातीको आधारमा मानिस ठूलो र निचो नहुने बताउनु भएको छ।
जातीय,भेगिय अनि बर्णका आधारमा गरिने जस्तोसुकै विभेद भएपनि त्यो नेपालको कानुन विपरित र मानव सभ्यता विरोधी कार्य भएकाले त्यस्ता अपराधिक क्रियाकलापमा लाग्ने जोसुकैलाई पनि नेपालको कानुन अनुसार दण्ड गरिनु पर्ने आयोगको धारणा रहेको पनि अध्यक्ष विश्वकर्माले बताउनु् भयो ।
आजको २१ औं शताब्दीमा आएर पनि जातीय छुवाछुतको कुरा गर्नु मानव संवेदनशिलता भन्दा बाहिरको कुरा भएकाले समाजमा विद्यमान जातीय छुवाछुतको अन्त्यका लागि सबै नेपाली एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ ।
पछिल्लो समयमा नेपालमा थर परिवर्तन लगायतका कार्यहरु व्यापक रुपले बृद्धि भैरहेको प्रति लक्षित गर्दै अध्यक्ष बिश्कर्माले भन्नु भयो थर परिवर्तनले कर्म र भाग्य परिवर्तन नहुने भएकाले कर्ममा विश्वास गर्नै मानिसहरु जात भन्दा पनि ठूला भएको धारणा अध्यक्ष विश्वकर्माको रहेको छ।देशलाई विकास र समृद्धिको बाटोतर्फ अगाडी बढाउनका लागि सर्वप्रथम मानिस मानिसका बिचमा बिद्यमान जातीय छुवाछुत जस्ता कुरितीको अन्त्यका लागि दलित समुदाय जागेर मात्र नहुने भएकाले गैर दलित समुदायको पनि उत्तिकै भूमिका आवश्यक रहेको पनि अध्यक्ष बिश्वकर्माको धारणा रहेको छ।
कार्यक्रममा बोल्दै संविधान सभाका सदस्य एवं नेकपा एमालेका नेता अफिलाल ओखेडाले नेपाली समाजमा विद्यमान जातीय छुा छुतको अन्त्यका लागि मानव चेतनामा परिवर्तन आवश्यकता रहेको बताउनु भएको छ।जवसम्म मानिसहरुको परम्परागत सोचमा परिवर्तन आउन सक्दैन तवसम्म नेपालबाट जातीय बिभेदको अन्त्य नहुने भएकाले सबै क्षेत्र र समुदायले नेपाललाई जातीय विभेद रहित बनाउने दिसामा लाग्नु पर्नेमा ओखेडाले जोड दिनु भयो।
नेता ओखेडाले नेपालमा जातीय छ्वाछुतको अन्त्यका लागि नेकपा एमालेले जातीय विभेद विरोधी अभियाननै सञ्चालन गर्दै आईरहेको बताउनु भएको छ।
कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दे आयोगकी सदस्य मीना सोवले स्थानीय तहमा जातीय विभेदका घटनाहरुमा व्यापक दलाली हुने र मिलेमतोमा घटनालाई ढाक छोप पार्ने जस्ता गलत कार्यहरुले बढि प्रश्य पाउँने गरेकाले स्थानीय प्रशासन,प्रहरी,जनप्रतिनीधि र राजनीतिक दलले जघन्य अपराधमा लागेका व्यत्तः जो सुकै भएपनि त्यस्तालाई कानुनी कारवाहीको दायरामा ल्याउन सक्नु पर्ने बताउनु भयो।
जातीय छुवा छुत जस्तो समाजको कलंकको अन्त्यका लागि राष्ट्रिय दलित आयोगले प्रभावकारी कार्यक्रम बनाएर लैजाने रणनीति अख्तियार गरिरहेको समेत सदस्य सोवले बताउनु भयो।
सो अवसरमा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमूख नृप बहादुर वडले जातीय छुवा छुतको अन्त्यका लागि धनगढी नगरपालिकाले यसपालीको नगरसभामार्फत दलित सम्बन्धी कार्यविधी बनाएको बताउनु भएको छ।उहाँले भन्नु भयो— जातीय छुवा छुत जस्ता कुरितीका कारण समाजले चाहेको विकासको गति लिन नसकेकाले त्यसको अन्त्यका लागि स्थानीय,प्रदेश र केन्द्र सरकारलाई आयोगले बिशेष दवाव दिन सक्नु पर्ने बताउनु भयो।
कैलाली जिल्लाका प्रमूख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जातीय छुवाछुत सम्बन्धी व्यवस्था नेपालको कानुन र संविधानले गरिसकेको उल्लेखग गर्नुहुँदै कानुनको उललंघन गर्नेलाई नेपालको कानुन अनुसार कारवाह िअगाडी बढाईने बताउनु भयो।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमूख विश्व अधिकारीले जातीय छुवाछुत जस्तो जघन्य अपराधमा संलग्न जो सुकै भएपनि त्यसलाई कानुनी दायरामा ल्याएर सत्य तथ्य छानविन गरेर कारवाही अगाडी बढाउन प्रहरी तत्पर
रहेको बताउनु् भयो।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र,प्रमूख जिल्ला अधिकारी खगेन्द्र रिजाल, जिल्लामा प्रहरी कार्यालय कैलालीका प्रमूख प्रहरी उपरिक्षक विश्व अधिकारी लागयतकाले समेत आ—आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।
दलित आयोगका अधिकृत भोजराज श्रीपाईली सो कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।
-वीरेन्द्र रावल
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया