सन फ्रान्सिस्कोमै पहिलो पल्ट भानु जयन्ति धुमधामसँग मनाउने तयारि

इनेप्लिज २०७२ असार २७ गते २०:१८ मा प्रकाशित

bhanu bhakta

उत्तरी क्यालिफोर्नियामा आफ्नो कार्य क्षेत्र बनाई आएको नेपालीहरुको पुरानो संस्था ‘नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया (न्यान्स) भन्ने पुरानो संस्थाले July 19,2015 आईतवारका दिन सन् फ्रान्सिस्कोको व्रडओए अन्तर्गत रहेको ‘अर्विन करि’ नामक नेपाली रेस्टोरेन्टमा भव्यताका साथ ‘भानु जयन्ती मनाउने निर्णय गरेको छ ।

न्यान्सकै अग्रसरतामा साहित्य प्रति रूची राख्ने व्यक्तित्वहरूलाई समेटेर ‘भानु जयन्ती ‘ समारोह समिति उक्त संस्थाले गठन गरेको हो । संस्थाका कोषाध्यक्ष राम बाबु आचार्यको संयोजकत्वमा सात सदस्यीय भानु जयन्ती समारोह समिति-२०१५” गठन गरिएको हो ।

उक्त भानु भक्त समारोह समितिले यस बर्ष आदिकवि भानुभक्त आचार्यबाट नेपाली भाषामा दिएको देनलाई स्मरण गर्दै सो कार्यक्रममा कबिता, गजल र गीत र अन्य साहित्यिक विधालाई समेत समावेश गरिने भनेको छ । उक्त कार्यक्रममा प्रथम द्वितीय र तिर्तिय हुनेहरूलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । साथै संस्थाले सो कार्यक्रममा भागलिनेहरू सबैलाई सम्मान पत्रको समेत व्यवस्था गरेको छ ।

न्यान्सले क्यालिफोर्नियाका बिभिन्न शहरमा बसोबास गरी नेपाली साहित्यमा कलम चलाउने व्यक्तित्वहरु ध्रुव थापा(बर्क्ली), हरिहर दाहाल(सन्निवेल), सर्बज्ञ वाग्ले(सान पाब्लो), बिष्णु गुरुङ ‘एकता’(रिचमण्ड), बासु ढकाल(उड्ल्याण्ड) र तोया दाहाल(सन्निवेल) सदस्य रहनु भएको ७ सदस्यीय “भानु जयन्ति समारोह समिति नामाकरण गरिएको छ।

कार्यक्रम स्थलको तय भए पछि जानकारी गराउने गरि हाललाई सम्पूर्ण नेपाली भाषा प्रेमी, साहित्य प्रेमीहरुलाई कबिता, गजल र गीत समावेश गरि सहभागी भई मातृभूमि नेपाल र नेपाली भाषासंगको अगाध सम्बन्धलाई मजबुत बनाउन र कार्यक्रम सफल बनाई दिन नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया र भानु जयन्ती समारोह समितिले सादर अनुरोध गरेको छ।

प्रतिक्रिया