रौतहटको गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयका संस्थापक वंशीराम जयसवाललाई एक समारोहबीच सम्मानित गरिएको छ । लायन्स क्लब अफ चन्द्रनिगाहपुरले गरुडास्थित गायत्री शक्तिपीठमा आयोजित कार्यक्रममा दोसल्ला ओढाएर फूलको माला पहि¥याउँदै सम्मानपत्रले सम्मानित गरेको हो ।
क्लबको विहीवारदेखि नै सम्हालेको नयाँ नेतृत्वले कार्याधिकार पाएको पहिलो दिन अनाथ बालबालिकालाई दश बोरा चामल, दश किलो दाल, एक बोरा नुन, एक कार्टुन खानेतेल तथा अनाथालयमा रहेको प्रत्येक ३२ बालबालिकालाई ब्रस, पेस्टलगायतका सामग्री प्रदान गरिएको आयोजकका तर्फबाट दीपक रेग्मीले जानकारी गराएका छन् ।
अनाथालयका संस्थापक जयसवाललाई सम्मानित गर्दै विभिन्न वक्ताहरूले अनाथालयको वर्तमान अवस्था, संस्थापक वंशीराम जयसवालको व्यक्तित्व तथा कृतित्वबारे प्रकाश पारेका छन् । वि.सं. १९९१ मा जन्मेका जयसवालले आफ्नो निजी सम्पत्ति लगानी गरी आफ्नै जग्गामा २०५२ मा अनाथालय संचालन गरेको र अहिले विभिन्न दाताहरुले गर्दा अनाथालयका बालबालिको भरणपोषण भइरहेको छ ।
क्लब अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता तथा पूर्वअध्यक्ष बासु अधिकारीको संचालनमा भएको कार्यक्रममा करिब एक दर्जन वक्ताहरुले अनाथालयको आवश्यकता र सहयोग गर्नुपर्ने विषयमा मन्तव्य राखेका थिए ।
प्रतिक्रिया