प्रतिक्षा खनाल,काठमाण्डौं ।भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको एक मार्मिक गीत “बगर भयो जिन्दगी “ को भडियो सार्वजनिक भएको छ । मायामा पाएको घातलाई गीतमा समेटिएको छ ।
समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछुत प्रथाबाट प्रेमील जोडिहरुको कोमल मायाकोे सम्बन्ध छुटनुपर्दाको पिडालाई गीतमा समेटिएको छ। गायक तेज सागर भटटराई र गायिका तुलसी घर्ति मगरको गीतमा आवाज रहेको गीतलाई एस थ्री के इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ।प्रेमील जोडिहरुको बास्तविक जिवन भोगाई भएको कारणले पनि आम दर्शक तथा स्रोताले गीतलाई मनपराउनेमा आफु निकै आशावादी रहेको कलाकार भिम खड्काले बताए। प्रकाश खड्काको छायाँकन,लक्ष्मण चौहानको सम्पादन,देबेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ।गीतको भिडियोमा भिम र आयुष्माको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया