गण्डकी प्रदेशमा मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङको स्थलगत अवलोकन गरेर पोखरा फर्किनुभएको छ।केही दिन देखी परेको अबिरल बर्षाका कारण मनाङमा बाढी पहिरोबाट धेरै धनजनको क्षति भएपछि गण्डकी प्रदेश सरकार त्यहाँ पुगेको हो।मुख्यमन्त्रीसंगै संसद दिपक मनाङे र चिन्बहादुर घले पनि गएका थिए ।राहात सामाग्रीका साथ उनीहरु मनाङ गएका हुन्।
बाढीका कारण धेरै घरहरु बगेर बगरमा परिणत भएका छन् भने धेरै क्षेत्र डुबान परेका छन्।खानेपानी,संचार,बिजुली, खाद्यन्न सबै कुराको अभाव खड्कीएको छ।मुख्यमन्त्री पोखरेलले उद्दार र राहातमा सहजिकरण गर्न र खट्न सबै निकायहरुलाई निर्देशन दिनुभएको छ।हेनुहोस् मनाङ्को बाढीले सखाप पारेपछिको अवस्था।
स्थलगत रिपोर्ट
प्रतिक्रिया