स्पेनको राजधानी म्याड्रिडमा एक मानिसले आफ्नी आमाको हत्या गरि मासु समेत खाएकोमा १५ बर्ष कैद सजाय पाएका छन् । उक्त स्पनेली व्यक्तिले एक अतिथि गृह(अपार्टमेन्ट) त्यसो गरेको प्रहरीले बताएका छन ।
प्रहरीका अनुसार अल्बर्टो सान्चेज गोमेजले उनकी आमालाई हत्या गरे । हत्या गरे पछि उनले कम्तीमा १५ दिन लगाई २०१९ को प्रारम्भमा काटी मासु खाएको म्याड्रिड प्रान्तीय अदालतको एक बिज्ञप्तिमा उल्लेख गरिएको समाचार सिएनएनले लेखेको छ ।
उक्त वक्तव्य गत मंगलबार सार्वजनिक गरिएको छ । अदालतको वक्तब्यमा उनकी आमाको नाम उल्लेख गरिएको थिएन । तर स्थानीय संचार माध्यमका अनुसार उनको नाम मारिया सोलेडाड गोमेज भएको उल्लेख गरेको छ । प्रहरीका अनुसार सान्चेज अहिले २८ बर्षका भएका छन् । उनलाई फेब्रुअरी २०१९ मा पक्राउ गरिएको थियो ।
उनलाई हत्या गरेकोमा १५ बर्ष सजाय दिइएको थियो भने उनले शवलाई करिव ५ महिना दुषित बनाएर राखेका थिए । लाश सडेको अवस्था थियो ।
उनले ७३ हजार डलर क्षतिपूर्ति स्वरूप आफ्ना भाइलाई तिर्नु पर्ने छ भने उनको मनोवैज्ञानिक दृष्टिले अशान्त भन्दै उनको प्रतिरक्षाको लागि निवेदन दिएकोमा अदालतले अस्विकार गरेको भनि सिएनएनले उल्लेख गरेको छ ।
अधिकारका अनुसार उनले लाशलाई बाकसमा राखेका थिए भने उनकी आमा महिनौ दिन कसैले देखेको थिएन । उनले लाशलाई चक्कु र आराले काटी टुक्रा टुक्रा पारि हिमिकरण यन्त्र(फ्रिज)मा पोका पारी राखेका र फोहोर भाडोमा फ्याकेका थिए ।
प्रतिक्रिया