अनेसास नवरत्न पुरस्कार चयन समिति गठन

समाचारदाता २०७८ जेठ ११ गते २३:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समर्पणका लागि चयन समिति गठन गरिएको छ।समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको हो।साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित उक्त समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका छन्।चयन समितिले ३१ मेसम्ममा साहित्य, कला , पत्रकारिता र समाज सेवामा सेवारत नौजना महिलाको नाम सिफारिस गर्नेछ।

प्रतिक्रिया