प्रवासमा बसेर नेपाली साहित्यको लेखन र रुसी भाषामा अनुबाद तथा नेपाली साहित्य र संस्कृतिको उत्थानमा अनवरत छ दशक सम्म योगदान दिनु भएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ कोरोनाको बिश्वब्यापी कहरमा परि गत २९ मार्चमा मस्कोमा ब्रह्मलिन हुनु भयो ।
उहाँको स्मृतिमा , उहाको यो योगदानको कदर गर्दै गैरआवासीय नेपाली सङ्घको भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिले ” शब्द चित्रमा कृष्णप्रकाश श्रेष्ठ ” स्मृती ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ । र यसका लागी संयोजन गर्ने जिम्मेवारी क्यानडाका साहित्यकार सुरेन उप्रेतीलाई तोकेको छ ।
उहाँ संग प्रवासमा वा घरदेशमा नजिकको सम्पर्कमा रहनु हुने मान्यजन र उहाँका मित्रहरुलाई उहाँका साथका स्मरणहरु लेखि प्रकाशानर्थ तलका कुनै एक इमेलमा जुन महिनाको अन्त्यसम्म पठाइ दिन हुन अनुरोध छ ।
प्रतिक्रिया