सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले ‘सारंगी सँग’ कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन्।सारंगीको संरक्षण,संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप सारंगी सँग कार्यक्रम सुरु गरिएको हो । हेमन्तले भने।हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन्।सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको ‘सारंगी संग’ कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्नेछन्।
यस्तै,भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने,बाँसुरीमा सञ्जिव मैनाली रहेका छन्।मिराज अर्याल र दिपक बिटिएलको छायांकनमा तयार भएको कार्यक्रमको सम्पादन मिराज अर्याल (रीमा फिल्मस्) ले नै गरेका हुन्, भने अडियोमा बिक्रम काउछा र कमल काउछा रहेका छन् । यस्तै, न्यारेसन शर्मिला अर्यालको रहेको छ।
भिडियोः
प्रतिक्रिया