काठमाण्डौ।बिशेष गरेर नयांलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन्।उनले केहि समय अगाडी मात्रै “पिपल छायाँले” बोलको गीत बजारमा लिएर आएका थिए। यसै गीतको चौतर्फी सफलता पछी मोहन खड्काको पछिल्लो लोक दोहोरी गीत “बुट्टे रुमाल लैजानु चिनु” बोलको रहेको छ।
गीतमा आफुले धेरै माया गरेको मान्छे टाढा हुने भएपछी चिनो स्वरुमा रुमाल उपहार दिएको प्रसङ्ग समाबेश गरिएको छ । गीतमा अहिलेका भाइरल कलाकार द्वय अलिफ खान र लक्ष्मी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ।गीतलाई लय मोहन खड्काले तयार पारेका हुन् भने शब्द मोहन खड्का र अमृता बन्जराको रहेको छ।
निकै कर्णप्रिय ढंगबाट तयार भएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ।भिडियोमा सारिका के.सी,अर्जुन गौतम र अमृता बन्जराको रहेको छ।कपिल लामा द्वारा निर्देशित भिडियोलाई छायांकन बिपिन क्षेत्रीले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको म्युजिक भिडियोलाई थप आकर्षण माधब श्रेष्ठको कोरिग्राफीले गरेको छ।
भिडियो हेर्न तल क्लिक गर्नु होला।
प्रतिक्रिया