नेपालभाषा (नेवाः भाषा) गूगल मार्फत अनुबाद गर्न सकिने कार्यक्रममा सूचिकृत हुने

इनेप्लिज २०७८ वैशाख १ गते १:१८ मा प्रकाशित

नेपालमा बोलिने बिभिन्न भाषाहरु मध्य एउटा सम्पन्न र बिशिष्ट भाषा नेपालभाषा (नेवाः)अब चाँडैनै गूगलको अनुबाद सेवा अन्तर्गत सूचिकृत हुदैछ ।सो सन्दर्भमा वर्ल्ड नेवाःअर्गनाइजेसनको सक्रियतामा गत केहि महिना देखि गूगल कम्पनी संग सह्कार्य गर्दै आएको र हाल करिब ७५ प्रतिशत कार्य पूरा भएकोमा ब्यापक जनसहभागिता र सहयोगको अपेक्षा गर्दै सो संस्थाले हालै जूम मार्फत बृहत कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा सहभागि सबैलाई स्वागत गर्नु हुदै संस्थाका अध्यक्ष सिजन श्रेष्ठले यो ऐतिहासिक कार्य सफल पार्नको लागि सबैको सहयोग अत्याबश्यक छ भन्नु भयो।

कार्यक्रममा पावर प्वाईन्ट प्रस्तुति दिनु हुदै कार्यदलका सदश्य दिपेश शाक्यले गूगलको नियमानुसार अनुबाद्सेवामा सूचिकृत हुन कम्तिमा पनि बाह्र हजार शुद्द बाक्यहरु अनुबाद गरेर पंजिकृत गरिनु पर्ने भएकोले सबैले सहयोग गरि दिनु हुन अनुरोध गर्नु भयो।साथै उहाँले कसरी बाक्यहरु अनुबाद गरि पंजिकृत गर्ने भन्ने बिषयमा पावर प्वाईन्ट बाट स्पष्ट पार्नु भयो।

कार्यक्रममा बोल्नु हुदै संस्थाका संरक्षक तथा भाषाबिद दयारत्न शाक्यले नेपाल भाषा गूगल अनुबाद सेवा मा सूचिकृत हुनु नेपाल भाषाको बिकाशमा एउटा मह्त्वपूर्ण कदम भएको बताउदै नेपाल भाषाको आफ्नै भाषिक बिशेषताहरु रहेकोले अनुबाद गर्ने बेलामा बिचार पुर्याउनु पर्नेछ भन्नु भयो।

कार्यदलका अर्का सदस्य संयुक्त श्रेष्ठले सो योजना यहाँ सम्म ल्याउन बिभिन्न चरणहरु पार गर्दै अब अन्तिम चरणमा आइपुगेको तर समुदायको सहयोग प्राप्त भएन भने सो योजना सफल हुन नसक्ने बताउनु भयो।बाक्य अनुबाद्को सन्दर्भमा यसको आधिकारिकताको लागि नेपाल लगायत बिभिन्न मुलुकका बिद्वानहरु संग सम्पर्क गरि रहेको पनि उहाँले जानकारी दिनु भयो।

अनुबाद सेवा योजनाको बिषयमा बोल्नु हुदै गूगल कम्पनिका उज्वल राजभण्डारीले गूगलले हाल सम्म १०९ वटा भाषाहरुको अनुबाद गर्न सकिने बताउदै थप १२४ भाषाहरु अनुबाद कार्य गरि रहेकोमा हाल सम्म नेपाल भाषा र आयरलाण्डको भाषाले ७५ प्रतिसत कार्य पूरा गरेको जानकारी दिनु भयो।अनुबादहरु पंजिकृत गर्ने क्रममा अशुद्द रुपमा पंजिकरण भएमा नतिजा पनि अशुद्द आउने भएकोले सो कुरामा बिचार पुर्याउन पनि अनुरोध गर्नु भयो।

सो कार्यक्रममा प्रमुखअतिथि पूर्ब मन्त्री राजेन्द्र श्रेष्ठले सरकारी कार्यालयमा मातृभाषाको प्रयोग अधिकारको लागि संसदमा प्रस्ताब गरेको बताउदै निकट भबिष्यमा नेपाल भाषा गूगलमा अनुबाद गर्न सकिने कुराले आफू धेरै खुशी भएको र आफ्नो सहयोग रहिरहने बताउनु भयो।

भाषिक अभियन्ता पूर्ब सांसद मल्ल के.सुन्दरले नेपाल भाषाको स्थायित्वको लागि यो अभियान कोसे ढुंगाको रुपमा रहने बताउदै भाषिक शुद्दताको लागि भाषा बिद्वानहरुको एउटा समुह निर्माण गरि सुपरिबेक्षण गरेमा राम्रो हुने सुझाब दिनु भयो।

पत्रकार सुजिब किरण मानन्धरले कार्यक्रमको सफलताको लागि कामना गर्दै आफ्नो क्षेत्र बाट पनि सहयोगको प्रतिबद्दता जनाउनु भयो भने संस्थाका सदभाबना राजदूत कृष्ण चखुंले सहभागि सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो।

जूमको माध्यम बाट संचालन गरिएको सो कार्यक्रममा बिस्वका बिभिन्न भागबाट अत्यधिक सहभागिता रहेको थियो।जूममा स्थान पाउन नसकेकाहरुके फेसबूकको माध्यम बाट सहभागिता जनाएका थिए।कार्यक्रमको अन्त्यमा उठेका जिज्ञासाहरुको कार्यक्रम आयोजकहरुले उत्तर दिएका थिए भने करिब ५० भन्दा बढि सहभागिहरुले अनुबाद स्वयंसेवाको लागि कार्यक्रममै प्रतिबद्द्ता जनाएका थिए ।

प्रतिक्रिया