काठमाडौंँ।फिल्म ‘लाल मोहन जि’ निर्माण हुने भएको छ।दुई बर्ष अगाडिको चर्चित फिल्म ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन्।द्धोन्द निर्देशक सम्राटको ‘पासवर्ड’ निर्देशनमा डेब्यु फिल्म थियो।
आर.रोसफि फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘लाल मोहन जि’का प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन्।
विपिन कार्की,अर्पण थापा,कर्मा शाक्य,रोहित रुम्बा,रविन्द्र झा,सुस्मा कार्की, सुभाष मेचे,कालु राना,सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको मुख्य भुमिका रहने फिल्मका लागि एक हिरोइन भने चयन हुन बाँकी छ।
प्रवेश पौडेलको कथामा पट्टथा सम्वाद आकाश बरालले तयार पारेको फिल्ममा सन्तोष राजको संगीत,निरज कडेलको छायाँकन,राजु तामाङको द्धोन्द,कबिराज गहतराजको नृत्य रहनेछ।फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन्।
नेपालको झापाको भद्रपुर,भारत,क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको फिल्म जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ।
सस्पेन्स कमेडी कथामा बन्न लागेको फिल्मको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे।‘फिल्मको कथाका लागि दुई बर्ष होमर्वक गरेका छौ।यसको कथा अहिले सम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ’ बस्नेतले भने ‘कथा राम्रो भएकोले पनि बिपिनलगायत कलाकारले मनपराएका छन्।’आफ्नो टिमको सबै कलाकारलाई समेत फिल्मको कथा राम्रो लागेको बस्नेतले सुनाए।
फिल्म तिहारमा रिलिज लक्ष्य लिइएको फिल्मको प्रोडक्सन म्यानेजर दीपिल पन्त रहेका छन्।
प्रतिक्रिया