प्रदेश १ को ईटहरिमा फिल्म अभियानको सुभ मुहर्त सम्पन्न

इनेप्लिज २०७७ चैत १६ गते १०:२४ मा प्रकाशित

ईटहरी/ प्रदेश १ मा चलचित्र र चलचित्र संग सम्बन्धित गतिविधिहरु पछिल्लो समय बढिरहेको छ।यसै पेरिफेरीमा कोशी भिजनको ब्यानर र निर्माणमा फिल्म बन्ने भएको छ।’अभियान’ नाम दिएको उक्त फिल्मका आईतवार शुभ मुहर्त सम्पन्न भएको छ।फिल्मका मुख्य कलाकार, प्राबिधिक, निर्माता-निर्देशक तथा केही फिल्मकर्मिहरुको माझ सुनसरीको ईटहरीस्थित एक गुम्बामा मुहर्त गरिएको हो । मुहर्त कार्यक्रममा चलचित्रकर्मी संघका प्रदेश १ संयोजक पर्शुराम चौधरी, नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान लगायत ब्याक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।

ऎतिहासिक तामाङ थाकथलो (किपट) को कथामा बन्ने फिल्मको मुख्य भुमिकामा जयानन्द लामा,दिनेश कोईराला, कुमार मोक्तान,दावा फिन्जो तामाङ, श्याममाया तामाङ,चादनी मोक्तान,आश्मान वाईवा तामाङ,नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ,मदन राई र कुमारी मेयाङ्बो देखिदै छन्।

शुभ मुहर्त सम्पन्न पश्चात् फिल्म यहि चैत्र १७ गतेदेखी फ्लोरमा जाने भएको छ।फिल्मको छायांकन रसुवा,काभ्रे,हिले,उत्तरपानी, मुडे संसरे र ईलाममा हुनेछ। फिल्मलाई लेखन तथा निर्देशन लाखमान योन्जन तामाङले गर्दैछन्।उनका अनुसार तामाङ ईतिहासलाई हेर्ने हो भने आफुहरु नै कमजोर भएको पाईन्छ।त्यसैले नयापिढिलाई अरुको अधिकारमाथी हनन नहुनेगरि आफ्नो अधिकार माग्नलाई सिकाउने फिल्म बनाउन लागेको हो।

लाखमानले बिगत लामो समयदेखि प्रदेश १ मै बसेर फिल्महरु निर्माण, निर्देशन तथा कथा लेखनको कार्य गरिरहेका छन्।फिल्मलाई सुमन तामाङले छायांकन गर्नेछन् भने सम्पादन हेमन तामाङको रहने छ । यस्तै फिल्ममा २ गीत समाबेश हुनेछन् । जसमा जोनि योन्जन, कुन्दन राई, छेवाङ योन्जन तामाङको संगीत रहनेछ।गीतलाई सुरज रौनियारले गाउनेछन।यसअघि तामाङले पहिलो चलचित्र २०४९ मा तामाङ सस्कृतिमा आधारित ‘रिमठिम’ निर्माण गरेका थिए।

यस्तै सगुन (पोङ) महायान बौद्ध धर्ममा आधारित ‘नाङसाल’ संगै नेपाली कथानक फिल्म ‘मङोलियन हर्ट’, झरना थापालाई लिएर ‘झिल्के’, बुद्धि तामाङलाई लिएर ‘राम साईली’ निर्माण गरिसकेका छन्।राम साईली भने प्रदर्शनको पर्खाईमा छ।गीत, पोस्टर र ट्रेलर सार्बजनिक भैसकेको यो फिल्म यसअघि नै प्रदर्शन गर्ने भनिएको थियो।तर कोरोना महामारीका कारण पछाडी धकेलिएको हो।

प्रतिक्रिया