ऐतिहासिक मेलामा नगर प्रमुख श्यामप्रसाद यादवद्वारा प्रदेश प्रमुख डा.अहिराज सम्मानित

सञ्जय मित्र,रौतहट २०७७ चैत १२ गते २१:३० मा प्रकाशित

सञ्जय मित्र,रौतहट

रौतहटको गढीमाई नगरपालिकास्थित ऐतिहासिक मेलाको अवसरमा प्रदेश प्रमुख डा.राजेश झा अहिराजलाई नगरपालिकाको तर्फबाट सम्मानित गरिएको छ। ऐतिहासिक फागु बैरिया मेला महोत्सवको उद्घाटनको अवसरमा विहीवार गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादवले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेका छन्।

रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा जन्मेका प्रदेश प्रमुख डा. अहिराजले रिबन काटेर ऐतिहासिक समनपुर मेलाको उद्घाटन गरेका छन्।सन् १८१४–१६ मा भएको नेपाल–अंग्रेज युद्धको क्रममा ३१ डिसेम्बर १८१४ को मध्यरातमा नेपाली पक्षले अंग्रेजी फौजमाथि आक्रमण गरी तितरबितर पारेको थियो । अंग्रेजी सेनाबाट आधुनिक तोप, बन्दुक तथा अन्य हतियारहरु खोस्न सफल नेपाली पक्षले अंग्रेज सेनालाई नराम्ररी पराजित गरेको स्मरणमा सोही वर्षदेखि समनपुरमा मेला लाग्दै आएको छ।दुई सय छ वर्षदेखि लाग्दै आएको ऐतिहासिक मेलालाई गढीमाई नगरपालिकाले केही वर्षदेखि व्यवस्थित गर्दै आएको छ।

सर्लाही र रौतहटका स्थानीयबासीले होलीको लागि आवश्यक सामग्री किन्ने मेलाको रुपमा समनपुर मेला प्रसिद्ध रहेको छ।पहिले करिब डेढ महिनासम्म लाग्ने ऐतिहासिक समनपुर मेला विगत केही दशकदेखि एक हप्तामा सीमित भएको छ।कोरोनाको कहरका बि चगत वर्ष र यो वर्ष पनि मेला केही प्रभावित भएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा रहेको समनपुरको ऐतिहासिक मेलाले देश बचाउन पितापुर्खाले खेलेको भूमिकालाई मेलाले सम्मान गर्ने गरेको बताएका छन् ।लडैया समनपुरको इतिहासले देशको इतिहासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताउँदै मेयर यादवले मेला र बजारको संरक्षण र विस्तारमा नगरपालिकाले सम्भव भएसम्मको काम गरिरहेको बताएका छन्।समनपुरको ऐतिहासिक मेलाको उद्घाटन आफ्नै ठाउँका प्रदेश प्रमुखबाट हुनु पनि एउटा उपलब्धि भएको मेयर यादवको भनाइ थियो।

गढीमाई नगरपालिकाका उपप्रमुख,निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु तथा नगरभित्रका विभिन्न क्षेत्रका समाजसेवी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको उद्घाटन कार्यक्रमको संचालन मेलास्थलका वडाध्यक्ष रामविनय राय यादवले गरेका थिए।

मेलाको उद्घाटन गर्नुअघि प्रदेश प्रमुख डा. अहिराज आफूले पढेको समनपुरस्थित शंकर गुदर माध्यमिक विद्यालयको अवलोकन गरेका थिए। विद्यालयमा पस्नासाथ विद्यालयका शिक्षक–शिक्षिकाले पूर्व विद्यार्थी प्रदेश प्रमुख डा.अहिराजलाई गम्छा तथा फूलको माला र अबिरले स्वागत गरेका थिए।

 

प्रतिक्रिया