मनोज दाहाल,
विराटनगर,१० चैत।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेकांको नेतृत्वमा सरकार निर्माण गर्ने अहिले तयारी नगरेको बताउनु भएको छ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग छोटो कुरानीमा उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि नेकाँ मरिहत्त नगरेको स्पष्ट पार्नु भयो ।
सभापति देउवाले नेकां प्रतिपक्षी पार्टी भएकोले वर्तमान सरकारमा समेत सहभागी नहुने धारणा राख्नु भयो।पूर्व प्रधानमन्त्री देउवाले जनताले काँङ्ग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न अधिकार दिएकोले सशक्त्त भूमिका निभाउने बताउनु भयो।
उहाँले नेकां प्रतिपक्षमा वसेर जनताको हितमा काम गरिरहेको प्रष्ट पार्नु भयो।
एक प्रश्नको जवाफमा उहाँले वर्तमान सरकार विरुद्ध नेकांले अविश्वास प्रस्ताव ल्याउने सम्वन्धमा थाहा नभएको बताउँदै अन्य पार्टीले कहिले ल्याउने हो सम्वन्धित दलका नेतालाई सोध्न आग्रह गर्नु भयो।
पूर्वप्रधानमन्त्री देउवलाले नेकांं विपक्षी पार्टी भएकोले वर्तमान सरकारलाई समर्थन नगरेको प्रष्ट पार्नु भयो।पूर्व प्रधानमन्त्री देउवा सुनसरीको धरानको एक कार्यक्रममा सहभागी हुन विराटनगर आउनु भएको हो।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया