बपहिलो चरणमा प्रदेश नं १ मा ५१ वटा विओपी स्थापना

मोहम्मद सदरुल २०७७ चैत ९ गते २२:१४ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर,९ चैत(रासस):पछिल्लो समयमा नेपाल भारतको सीमा स्थित विओपी( बोर्डर आउट पोष्ट) स्थापना भएपछि शान्ति सुरक्षामा धेरै सहज भएको स्थानीय मानिसहरुको भनाई छ।

खुला सिमानाका कारण अनाधिकृत रुपमा नेपाल भारत ओहरदोहर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन आएको बताइएको छ।सशस्त्र प्रहरीहरु बस्ने गरी स्थापना भएको विओपीले गर्दा नेपाल तर्फ सिमाना क्षेत्रमा बसोबास गर्ने मानिसहरु सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन्।विगतमा चोरी डकैतीको मार खेपी रहेको सीमा क्षेत्रकावासीहरु अहिले निर्भिकतासाथ आफ्ना व्यापार र व्यवसायमा लागेका छन्।

विगतमा चौपायाको चोरी र अपराधका घटनाहरु सीमा क्षेत्रमा हुने गरेको थियो तर अहिले विओपी स्थापना भएपछि यी समस्याहरु हराएर गएको सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो।विओपीले गर्दा हाम्रो भूभागमा विगतमा हुने गरेको अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिँदै झापा केचन कवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले भन्नुभयो,“विओपीले हामीलाई रक्षा गर्नुका साथै हाम्रा धनसम्पतिको पनि रक्षा गरेको छ।”

उहाँले भन्नुभयो,खुला सिमानाका कारण जथाभावी नेपाल प्रवेश गर्ने भन्दा पनि निश्चित ठाउँबाट भारतबाट नेपाल र नेपालबाट भारत प्रवेश गर्ने वातावरण सिर्जना गर्नु पर्छ,यसबाट नागरिकको पहिचान पनि हुने भएकोले सबै किसिमको अपराधिक क्रियाकलापलाई निस्तेज गर्न सकिन्छ भन्नुभयो।

पूर्वी नेपालको भारतसँग जोडिएको इलामाको सीमावर्ती क्षेत्रमा सात वटा विओपी स्थापना भइसकेको सशस्त्र प्रहरी बल नं १ गण हेक्वा श्रीअन्तुका सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिनुभयो।उहाँले इलामको कुल सीमा ५२ दशमलव दुई किमी छ,अहिले सरदर एउटा विओपीबाट अर्को विओपीको गस्ती गर्न सात दशमलव पाँच किमी यात्रा तय गर्नु पर्छ, तथापि सीमा क्षेत्रमा हाम्रो पहुँच पुगेकोले कुनै पनि अप्रिया घटना हुन नदिन हामी सचेत एवं गम्भीर रहेको प्रतिक्रिया दिनुभयो।

उहाँले इलामको सलकपुर र समालबुङमा विओपी स्थापना गर्न भवन निर्माणका लागि ठेक्का लागि सकेको छ भने कालपोखरी र छब्बिसेमा विओपी स्थापना गर्न स्थानीयको सहयोगमा जग्गा प्राप्तीको लागि प्रयास भइरहेको बताउनुभयो।एउटा विओपीमा अहिले सरदर २५ देखि ३५ जना सशस्त्र प्रहरीहरु छन् उहाँहरुको निगरानी र सक्रियताका कारण जनतामा आशा जागेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताउनुभयो।

यस्तै,झापा जिल्लामा १४४ दशमलव दुई किमी को सिमाना क्षेत्रमा १७ वटा विओपी स्थापना भइसकेको सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो।विगतमा आठ वटा विओपी स्थापना भएको थियो,यस वर्ष नौ वटा स्थापना भएकोले सीमा क्षेत्रमा गस्ती,निगरानी गर्न सहज भएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो।झापाको सीमा लामो भएकोले यहाँ अझ २० वटा विओपी आवश्यकता पर्छ।सरदर एक विओपीमा २० देखि ३५सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्ना गतिविधि र निगरानीलाई तेज पारेको छ।गएको वर्षमा प्रदेश नं १ सरकारले चार वटा विओपी भवन निर्माण गरिदिएको छ,अहिले प्रदेश सरकारलाई सङ्घीय सरकारले त्यस्तो नगर्न भनेपछि बजेटको अभावमा अन्य भवनहरु बन्न सकेको छैन,अहिले सीमा क्षेत्रमा सरकारी वा निजी प्रयोगविहीन भवनलाई व्यवस्थित बनाई विओपी स्थापना हुँदा स्थानीय जनताको पनि भरपूर सहयोग र सद्भाव प्राप्त भइरहेको बताइएको छ।

यस्तै,मोरङमा हिजो मात्र तीन ठाउँमा विओपी स्थापना भएको छ।यी विओपीलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निरीक्षण एवं अवलोकन गर्दै उद्घाटन गर्नुभयो।मोरङको डाँगी,सुनवर्षीको सिकटी र धनपालको धनपतिमा विओपी स्थापना भइपछि मोरङका कुल ११ वटा विओपी स्थापना भइसकेको मोरङका सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलले बताउनुभयो।उहाँले मोरङको मधुमल्ला र सोराभागमा पनि विओपीको आवश्यकता देखिएको छ,निकट भविष्यमा आवश्यकता भएको ठाउँमा विओपी स्थापना हुँदै जाने उपरीक्षक पौडेलले बताउनुभयो।मोरङको सिमानाको लम्बाई ६३ दशमलव दुई किमी छ। यहाँको प्रत्येक विओपीमा सरदर २५ देखि ३५ जना सशस्त्र प्रहरीहरु खटिएका छन्।

साथै,सुनसरीमा हालसम्ममा १० वटा विओपी स्थापना भइसकेको सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो।उहाँले भोक्राहा गाउँपालिका र बर्जुतालको हर्मोनी स्थित विओपी निर्माणाधीन अवस्थामा छ भन्दै सुनसरीमा आवश्यकता अनुसार विओपी राज्यले स्थापना गर्दै जाने भन्नुभयो।सुनसरीको कुल सिमानाको लम्बाई ६१ दशमलव आठ किमी छ,सरदर प्रत्येक विओपीमा २५ देखि ३५ सशस्त्र प्रहरीहरु बसेका छन् र सीमा क्षेत्रको सुरक्षामा खटिएका प्रहरीहरुलाई स्थानीयवासीहरुले सहयोग रहँदै आएको बताइएको छ।

सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा अनुसार प्रदेश नं १ मा पहिलो चरणमा ५१ वटा विओपी स्थापना भइसकेको छ।नेपाल भारतको सीमा क्षेत्र इलाममा सात, झापामा १७, मोरङमा ११ सुनसरीमा १० र चीन तर्फको सिमाना अन्तर्गत ताप्लेजुङमा एक,पाँचथरमा चार र संखुवासभामा एक वटा विओपी स्थापना भइसकेको बताइएको छ ।

प्रतिक्रिया