पाकिस्तानी प्रधानमन्त्री इमरान खान कोरोना संक्रमित

इनेप्लिज २०७७ चैत ७ गते १९:४५ मा प्रकाशित

 

पाकिस्तानी प्रधानमन्त्री इमरान खान कोरोनाबाट संक्रमित भएका छन । उनले कोरोना बिरुद्ध खोप लगाएको २ दिन पछि कोभिड-१९ बाट संक्रमित भएका हुन् । उनको कार्यालयका अनुसार संक्रमित भए पछि उनि स्वयम एकान्तवासमा रहेको जानकारी गराएको छ ।

साथै अन्य बिस्तृत जानकारी पछाडी गराइने उल्लेख शनिबार गरेको छ । ६८ बर्षिय खानले गत बिहिबार चीनमा निर्मित सिनोफार्मको खोप लगाएका थिए । खानले नियमित रुपमा आफ्नो बैठकमा सहभागी भै रहेका थिए भने हालसालै उनले सुरक्षा सम्बन्धि राजधानीमा आयोजित एक सम्मेलनमा सहभागी भएका थिए ।

उक्त सम्मेलनमा धेरै ठुलो भिड रहेको र त्यहाँ उनले मास्क(मुखावरण)नलगाई सम्बोधन गरेका थिए ।

श्रोत :एलजजिरा

प्रतिक्रिया