उर्लाबारी।सुस्त मनस्थितिकी एक बालिकालाई मोरङको उर्लाबारीमा निर्घात कुटपिट गरिएको छ।मंगलबार बेलुका ७ बजे लेनदेनको विषयलाई लिएर उर्लाबारी–७ की गोमा श्रेष्ठ र कल्पना श्रेष्ठले १४ बर्षीया बालिका रस्मी बस्नेतलाई निर्घात कुटपिटगरेका हुन्।कुटपिटबाट बालिका बस्नेतको खुट्टा भाँचिएको छ।उनको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ।
लेनदेनको विषयमाबालिकाकी आमा मिनादेवी बस्नेत र घरधनी समेत रहनु भएकी गोमा श्रेष्ठसँग विवाद भएको थियो।सोही क्रममा घरधनी गोमा र उहाँकी दिदी कल्पना मिलेरआफु र सुस्त मनस्थितिकी छोरीलाई निर्घात कुटपिट गरेको मिनादेबीले बताउनुभयो।कुटपिटबाट छोरी रस्मीको खुट्टा भाँचिएको उहाँले जानकारीदिनुभयो।सुस्त मनस्थितिकी छोरीलाई मार्ने उद्देश्यले धम्कीसहित निर्घात कुटपिट गरेकाले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय उर्लाबारी पुगे पनि मुद्दा दर्ता नगरेको पीडित पक्षले जनाएको छ।मिलापत्र गर्नसमेत महिला नेतृहरुले दबाब दिएको उहाँले खुलाउनुभयो।
प्रहरी प्रशासनले मुद्दा दर्ता नगरे माथिल्लो निकायमा न्यायका लागि जाने उहाँले बताउनुभयो।उहाँले पैसाको आडमा घटना मिलाउन खोजिएको भन्दै
न्यायका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो।घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभयो।उहाँले कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको र अभद्र तथा अंग भग मुद्दा चलाइने बताउनुभयो।
प्रतिक्रिया