कुनै दिन यस्तो पनि थियो यो दिदीको जिवनमा खान लाउन नै धौ धौ थियो।पेट र परिवार पाल्न अनेक काम गरिन दुख गरिन तर पनि यो सन्सारमा बाच्न गाह्रो थियो ।यही क्रममा उनि आमा अम्बिका साबुन उध्योगमा जोडिन पुगिन उनले त्यहाँ सिप मुलक तालिम साबुन,हर्पिक,फिनेल बानाउने सिप सिकिन सुरुमा त यो कहाँ लगेर बेच्ने भनेर लागेको थियो रे तर आफुले राम्रो कम गरेकोले बिस्तारै आफै बेच्दै हिडेपछी अहिले दिन मै ३ हजार देखी पैतिस सय सम्म कमाइ हुन्छ भन्छिन यो दिदी।
गरे के हुन्न र ? आफु जस्ता दलित भनेर हेपिएका दिदी बहिनीलाई काम गरौ सिप सिकौ हिम्मतको साथ अगाडी बढौ अनि कसैले दलित भनेर नहेप्ने भन्छिन यि दिदी।उनले यो सस्थामा आफ्ना अरु पनि दलिन दिदी बहिनी साथीलाई सिप सिकाउन ल्याएकी छिन उनले पनि बङ्गुर पालन गरेकी छिन राम्रै कामाइ भएको छ भन्छिन।हामिले आफ्नो सोच बदल्नु पर्छ दुख गर्न काम गर्न अफ्टेरो मान्नु हुन्न।
भिडियो हेरौ
https://www.youtube.com/watch?v=sSDa8dZ9qkg&t=1s
प्रतिक्रिया