काठमाडौँ।कोरोना महामारी र सयको चपेटामा परेको वि.स. २०७७ साल सकिनै लागेको छ।एक वर्षसम्म प्राय विश्वका प्रायदेशका मानिससँगै हामी धेरै नेपालीलाई खूशी र सन्तुष्टी भने मिल्न सकेन।अब आगामी वर्ष कस्तो रहला भन्ने बारे हामीले वार्षिक राशिफल तयार पारेका छौँ।यहाँ हामीले १२ राशिमध्यको दोस्रो राशी वृषका बारेमा चर्चा गर्दै छौँ।ग्रह गोचर अनुसार नयाँ वर्ष २०७८ साल वृष राशि हुनेहरूका लागि पूर्वाध अवरोधका बाबजुत केही विशेष व्यवसायिक एवं धार्मिक कार्यमा सफलता मिल्ने खालको छ।
नोकरीको पर्खाईमा रहेकाले जागिर पाउन सकिने छ।कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ । कृषिजन्य पक्षमा पनि ग्रह गोचरको प्रभाव अनुकूल रहनाले किसानलाई उपलब्धि वृद्धि हुनेछ।अध्ययनमा सफल हुन सकिने संभावना देखिएकाले विद्यार्थी हरुले प्रयत्न बढाउनु उचित हुनेछ।समग्रमा वृष राशिका लागि यो वर्ष कस्तो रहेको छ भिडियोमा हेर्न सक्नुहुनेछ।
यस्तो छ वृष राशिको वार्षिक राशिफल
https://www.youtube.com/watch?v=FzArn5Nvf70&t=4s
प्रतिक्रिया