मेष राशिका लागि कति शुभ छ २०७८ साल ? हेर्नुहोस् वार्षिक राशिफल

इनेप्लिज २०७७ चैत १ गते १३:१८ मा प्रकाशित

काठमाडौँ।कोरोना महामारी र सयको चपेटामा परेको वि.स.२०७७ साल सकिनै लागेको छ।एक वर्षसम्म प्राय विश्वका प्रायदेशका मानिससँगै हामी धेरै नेपालीलाई खूशी र सन्तुष्टी भने मिल्न सकेन।अब आगामी वर्ष कस्तो रहला भन्ने बारे हामीले वार्षिक राशिफल तयार पारेका छौँ।यहाँ हामीले १२ राशिमध्यको पहिलो राशी मेषका बारेमा चर्चा गर्दै छौँ।ग्रह गोचर अनुसार नयाँ वर्ष २०७८ साल मेष राशिका लागि मध्ययम खालको छ।नयाँ वर्ष २०७८ साल पूर्वाधको तुलनामा उत्तरार्ध अनुकूल रहने देखिएको छ।वर्षको पहिलो खण्डमा केही अभाव र संघषका बाबजुत कुलिन प्रख्याति बढ्ने छ।पारिश्रमिक कार्यमा सफलता मिल्ने छ। वाणि दोषको गोचर योग भएकोले बोली व्यवहारमा भने संयम अप्नाउनु बुद्धिमानी हुनेछ।

धेरैजसो पक्षमा साविक भन्दा बढी मेहनत गर्नपर्ने,कार्यक्षेत्र,व्यवसाय,राजनीति,समाज सेवा,पेशागत कार्य एवं नोकरी आदिमा ग्रहले सकारात्मक प्रभाव देखाउन अल्लि सकिरहेको छैन।गरिएका कारोबार उल्टिनसक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नहुनु राम्रो हुनेछ।गोपनीयताको पनि ख्याल पुर्याउनु जरुरी देखिन्छ।

यस्तो छ मेष राशिको २०७८ सालभरीको ग्रहफल

https://www.youtube.com/watch?v=tP-7R5GaiDQ&t=1s

प्रतिक्रिया